वैशाख २७ देखि सहिद भीमनारायण गोल्डकप

वैशाख २७ देखि सहिद भीमनारायण गोल्डकप
फाइल तस्बिर।
सुन्नुहोस्

धनकुटा : १५औं संस्करणको सहिद भीमनारायण गोल्डकप आगामी वैशाख २७ गतेदेखि हुने भएको छ। आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलनको आयोजना गर्दै वैशाख २७ देखि जेठ २ गतेसम्म सहिद भीमनारायण गोल्डकप हुन लागेको जानकारी दिएको हो। 

प्रतियोगिता तीन वर्षपछि हुन लागेको हो। कोरोना महामारीका कारण प्रतियोगिता तीन वर्ष स्थगित भएको थियो। 

धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा हुने प्रतियोगितामा आयोजक धनकुटासहित पेमा युवा क्लब विराटनगर, प्लानिङ ब्वाइज क्लब काठमाडौं, कञ्चनजंघा फुटबल क्लब सिलिगुडी भारत, राष्ट्रिय जागृति फुटबल क्लब सुनसरी, झापा फुटबल क्लब झापा, सशस्त्र प्रहरी बल (एपीएफ), काठमाडौं, वीरगञ्ज युनाइटेड, वीरगञ्ज गरी आठ टिमको सहभागिता रहने संयोजक शम्भु प्रधानले बताए। 

यसपटक पुरस्कारको राशिमा पनि वृद्धि गरिएको छ। १४ औं संस्करणको विजेताले चार लाख र उपविजेताले दुई लाख रुपैयाँ पाएका थिए। यस पटकको १५औं संस्करणका विजेताले नगद पाँच लाखसहित ट्रफी र उपविजेताले २ लाख ५० हजार हात पार्नेछ। हरेक खेलमा म्यान अफ दी म्याचबापत तीन हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। विधागततर्फका उत्कृष्ट खेलाडीलाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगिता सञ्चालनका लागि ४१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। प्रतियोगिताको मुख्य प्रायोजक जगशक्ति स्टिल, सहप्रायोजकमा रेडबुल, जीवन विकास लघुवित्त वित्तीय संस्था, टुबोर्ग बियर र निगाले सिमेन्ट रहेका छन्। 

त्यस्तै, मुख्य सहयोगीका रूपमा धनकुटा नगरपालिका, पाख्रिबास नगरपालिका, महालक्ष्मी नगरपालिका, साँगुरीगढी गाउँपालिका, छथरजोरपाटी गाउँपालिका, सहिदभूमि गाउँपालिका, चौबिसे गाउँपालिका, धनकुटा फुटवल संघ, प्रदेश खेलकुद विकास बोर्ड, विराटनगर, अखिल नेपाल फुटवल संघ, जिल्ला खेलकुद विकास समिति र धनकुटा नगपालिकाका १० वटा वडा रहेका छन्। 

२०५५ सालमा स्थापित गोल्डकप सुरुका दुईवर्ष नियमित रूपमा सञ्चालन भएको थियो। त्यसपछि देशको तत्कालीन असहज परिस्थितिका कारण सञ्चालन हुन सकेन। २०६३ सालपछि गोल्डकप बर्सेनि सञ्चालन हुँदै आइरहेको छ। नेपाली कांग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा वीरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो। उनलाई सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.