पाल्पा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने

पाल्पा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने
सुन्नुहोस्

तानसेन  :  राष्ट्रिय स्तरको कर्णेल उजिर सिंह पाल्पा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। यही जेष्ठ १२ गते २७ गतेसम्म तानसेनको नवनिर्मित्त टुँडिखेल खेलमैदानमा खे सञ्चालन हुने छ। 

प्रतियोगितामा पाल्पा, रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाँके, स्याङ्जा, कास्की, चितवन र काठमाडौंका गरी १६ टिमको सहभागिता रहने छ। पाल्पामा ३३ वर्षपछि फुटबल प्रतियोगिता हुन लागेको हो। 

प्रतियोगितामा प्रथम हुने टिमलाई ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमलाई नगद १ लाख ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र, प्रत्येक दिनको म्यान अफ दि म्याच लाई नगद ३ हजार र उत्कृष्ट गोल रक्षक, डिफेण्डर, सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्तालाई नगद ६ हजार प्रदान गरिने आयोजक पाल्पा फुटबल संघले पत्रकार सम्मेलनमा जानकारी दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.