जीवनोपयोगी शिक्षाको खाँचो

जीवनोपयोगी शिक्षाको खाँचो
सुन्नुहोस्

देश विकासको मेरुदण्ड मानिन्छ शिक्षा। जसलाई धनी र गरिबको आधारमा छुट्ट्याइएको भनेर बेलाबखत चर्चा चल्छ। धनीले सुविधा सम्पन्न र क्षमतावान् शिक्षकसँग शिक्षा लिइरहेका छन्। गरिबका मेधावी छोराछोरीले पनि आधारभूत सुविधा पाएका छैनन्। 

धनीले पढ्ने निजी विद्यालयको शिक्षास्तर गरिबले पढ्ने सरकारी विद्यालयको भन्दा कम छ। कमजोर शिक्षा लिएकै कारण माथिल्लो कक्षा पढ्न नसक्दा बीचैमा पढाइ छोड्नु पर्ने अवस्था छ। धनीहरू यसै कारण धनी झन् धनी हुँदै गइरहेका छन् भने गरिब झनै गरिब हुँदै गइरहेका छन्।

सामान्यतः शिक्षाको विकासले देश विकास सम्भव हुन्छ। नेपालको अवस्था हेर्ने हो भने राजनीतिक दलले शिक्षामा सामान्य परिवर्तन गर्न नसक्दा नागरिकको भविष्य अन्धकारमय बनेको छ। ग्रामीण भेगमा अहिले पनि सरकारी शिक्षाको पहुँच छैन। जसले पछाडि परिरहेका छौं। व्यवस्था परिवर्तन भयो, दल परिवर्तन भयो। 

मन्त्री परिवर्तन भए तर शिक्षाको स्तर भने उत्तिकै छ। सरकारले शिक्षा सुधारका नाममा मनग्य पैसा खर्च गरिरहेको छ तर पनि शिक्षामा सुधार हुन सकेको छैन। विद्यार्थीको मानसिक विकास नहुँदै बोर्डिङ स्कुलमा पढाइरहेका छौं। विश्वमा विद्यार्थीलाई विद्यालय पठाउने उमेर ६/७ वर्षभित्र उत्तम मानिन्छ। तर पनि २/३ वर्ष नपुग्दै बालबालिकाभन्दा ठूलो किताबको भारी बोकाएर विद्यालय पठाउने गरिएको छ।

अहिले विद्यार्थीले प्रयोग गरेको पाठ्यक्रमले सैद्धान्तिक रूपलाई जोड दिएको छ। जसले विद्यार्थी स्नातकोत्तर पास गरिसक्दा पनि नोकरीको ग्यारेन्टी गर्न सक्दैन। पाठ्यक्रममा विद्यार्थीको स्वास्थ्य, यात्रा, शिष्टाचार, यातायात, सञ्चार, आदर, संस्कार आदिमा आवश्यकताअनुसार जानकारी दिने किसिमको हुनुपर्छ। 

परीक्षा प्रणाली वार्षिक परीक्षा केन्द्रित हुँदा घोकन्तेमात्र सावित भएको छ। त्यसैले परीक्षालाई मासिक रूपमा विद्यार्थीको प्रगतिको आधारमा मूल्यांकन गर्नुपर्छ। अहिले विश्वविद्यालय तहमा खुला विश्वविद्यालय भनेर सञ्चालनमा ल्याइएको छ। 

यो व्यवस्था उत्तम र व्यावहारिक छ। काम गर्ने र विश्वविद्यालयभन्दा टाढा रहेर पढ्ने विद्यार्थीका लागि उपयोगी भएको छ। त्यसैले विद्यालय र विश्वविद्यालय तहमा पनि यस्ता किसिमको शिक्षा आवश्यक छ।

सरकारले शिक्षासम्बन्धी अधिकार स्थानीय तहलाई दिएको छ। जसले गर्दा फरक–फरक पाठ्यक्रम निर्माण हुने कार्य भएका छन्। जुन प्रणालीका कारण स्थानीय तहबाट पास भएको व्यक्ति अर्को स्थानीय तह वा विश्वमा मान्यता नपाउन सक्ने सम्भावना हुने र शिक्षामा गुणस्तर खस्कने हुन्छ। त्यसैले देशैभरि एकै किसिमको पाठ्यक्रम हुनुपर्छ। 

अहिले त के पनि भइरहेको छ भने देशमा विभिन्न देशको पाठ्यक्रम नेपालमा पढाइ भइरहेको छ। विदेशीहरूको इशारामा भइरहेको यस कार्यको उद्देश्य नेपालमा जनशक्ति उत्पादन गर्ने र वयस्क भएपछि विदेशको समृद्धिको लागि प्रयोग गर्ने र बुढेसकालमा नेपाल पढाउने काम रहेको छ। 

एउटा विद्यार्थी हुर्काउन र शिक्षा हासिल गर्न राज्यले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाखौं रुपैयाँ खर्च गरेको हुन्छ। जुन जनशक्ति देशको समृद्धि ल्याउने बेलामा विदेशको सेवा गरिरहेको छ। देश विकास नहुनुको एक मुख्य तत्त्वको हो यो।

निजी क्षेत्रबाट सञ्चालित विद्यालयको मनपरी छ। शुल्कमा मनपरी गरिरहेका छन् भने शिक्षा शुल्क बढी लिइरहेका छन्। निजी विद्यालयले वैधानिक तवरले आम सर्वसाधारण जनतालाई सरकारकै मिलेमतोमा ठगिरहेको छ। शिक्षाको उन्नतिका लागि सरल र विद्यार्थीलाई उपयोगी हुने लेखकको किताब राख्न आवश्यक छ। 

तर, नेपालमा पहुँचका आधारमा पाठ्यक्रममा लेखकलाई राखिँदै आएको छ। यस्तो प्रणाली शिक्षाको विकासको लागि बाधक हो। 

त्यसैगरी विद्यार्थीको उमेर र क्षमताअनुसार पढाइ हुनु आवश्यक छ। दक्ष र समान उमेरको पढाइले सिकाइमा सहजता हुन्छ। अर्कोतर्फ विद्यार्थी र शिक्षकको भेषभूषा र अनुशासनमा पनि शिक्षा सुधारको महत्त्वपूर्ण विषय भएको हुनाले कडाइ गर्नुपर्छ। शिक्षकले सफाइ, सादगी, सदाचार, शिक्षाचार, सेवाको भाव भएका विद्यार्थीलाई प्रशंसा गर्नुपर्छ। तर, त्यस्तो देखिँदैन।

विद्यालयमा सबै किसिमका शिक्षक रहे पनि विद्यार्थीको ज्ञान बढाउने शिक्षक भएको देखिँदैन। त्यसैले विद्यार्थीको ज्ञान बढाउने शिक्षक पनि राख्न आवश्यक छ। जसले विद्यार्थीको ज्ञान बढाउन मद्दत गर्छ। अहिले विद्यालयमा पढाउने शिक्षकको उमेर सरकारीमा तोकिए पनि निजी विद्यालयमा तोकिएको छैन। 

त्यसले पनि शिक्षाको विकासमा भाँजो हालेको छ। शिक्षकको उमेर २५/३० वर्षदेखि ६० देखि ६५ वर्षसम्मको हुनु उत्तम मानिन्छ। शिक्षाको गुणस्तरको विषयमा निरीक्षण गर्ने पदाधिकारीलाई अधिकार सम्पन्न बनाउनु पर्छ। शिक्षाको शुल्क एकदमै कम राख्नुपर्छ। सामान्य परिवारले 
पनि पढाउन सक्नुपर्छ।

पाठ्यपुस्तक बेलाबेलामा परिवर्तन गर्दा शिक्षक, विद्यार्थी र पुस्तक बनाउनेलाई असुविधा हुन्छ। नयाँ पुस्तक बनाउँदा खर्च हुनुका साथै पुराना पुस्तक पढ्ने विद्यार्थीलाई पनि आर्थिक भार पर्छ। त्यसैले पाठ्यपुस्तक पटकपटक परिवर्तन गर्नुभन्दा बनाउने बेलैमा गुणस्तरीय र धेरैपटक सोचेर विज्ञहरूद्वारा बनाउनुपर्छ। विद्यालय शिक्षामा औद्योगिक शिक्षाको व्यवस्था गर्नुपर्छ। तर, नेपालमा त्यसको उल्टो छ। नेपालमा नारी शिक्षा कमजोर छ। 

उनीहरूले पढेको शिक्षा व्यावहारिक छैन। नारीलाई दिने शिक्षा भविष्यमा काम आउने किसिमको हुनुपर्छ। नेपालमा केही वर्षअघि प्रौढ शिक्षा दिने चलन थियो, जसलाई अहिले पनि प्रयोगात्मक बनाएर अध्यापन गर्न सकिन्छ। विद्यालयको वातावरण प्राचीन गुरुकुलको जस्तो सात्विक हुनुपर्छ। जसले भविष्यमा देश र समाजमा उत्तम, अनुशासित नागरिक बन्नमा सहयोगी भूमिका निभाउँछ।

अतः नेपालमा शिक्षाको स्तर खस्कँदो भएको हुँदा देशको विकास हुन सकेको छैन। शिक्षामा पूर्ण सुधारको खाँचो छ। शिक्षाको विकासले नै देशको विकास हुने भएकाले देश बनाउने सही शिक्षा आजको आवश्यकता हो। असल विद्यार्थी नै असल नेता हुन्। असल नेताले नै देशको विकास गर्ने दूरदर्शिता दिन सक्छन्। त्यसैले पनि राजनीतिक दल र शिक्षाको क्षेत्रमा काम गर्ने प्रत्येक राष्ट्रसेवकले शिक्षा सुधार गर्न आजै पहल गर्न आवश्यक छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.