म्यानमारर मोखा आँधीका कारण ५ जनाको मृत्यु

म्यानमारर मोखा आँधीका कारण ५ जनाको मृत्यु
फाइल तस्बिर।
सुन्नुहोस्

मोखा आइतबार पश्चिमी म्यानमाररको रखाइन राज्यको सिट्वे नजिकै १३० माइल प्रतिघण्टा (लगभग २०९ किलोमिटर प्रतिघण्टा) को गतिमा आएको र देशका झण्डै ५०० वडा र गाउँहरूमा व्यापक धनजनको क्षति पुर्याएको बताइएको छ।

याङ्गुन : म्यानमारमा आइतबार आएको भीषण चक्रवात मोखाका कारण पाँच जनाको मृत्यु भएको छ।  राज्य प्रशासन परिषद्का अध्यक्ष मिन आङ ह्लिङले सोमबार दिएको जानकारी अनुसार आँधी शक्तिशाली भए पनि कम क्षति पुगेको र राम्रो प्रतिरोधी व्यवस्थाको तयारी गरिएको बताएका छन्।   

आँधीबाट मृत्यु हुनेमा शान राज्यको ताचिलेक टाउनसिपका दुई जना, राखिन राज्यको सिट्वे र तौनगुप सहरका एक-एक जना र अय्यारवाडी क्षेत्रको येकी सहरका एक जना रहेको बताइएको छ। सञ्चारमाध्यमका अनुसार मोखा चक्रवातले ८६४ घर, ११ धार्मिक भवन, १६ गुम्बा, ६४ विद्यालय, १४ अस्पताल,  ७ टेलिकम टावर, ७१ ल्याम्पपोस्ट र ३८ विभागीय भवनमा क्षति पुर्‍याएको छ।

मोखा प्रभावित क्षेत्र र राज्यहरूमा राखिन, अय्यारवाडी, बागो, याङ्गुन, मगवे, सागाइङ, चिन, मण्डले र नेपी ताव काउन्सिल क्षेत्र लगायत रहेका छन्। मोखा आइतबार पश्चिमी म्यानमाररको रखाइन राज्यको सिट्वे नजिकै १३० माइल प्रतिघण्टा (लगभग २०९ किलोमिटर प्रतिघण्टा) को गतिमा आएको र देशका झण्डै ५०० वडा र गाउँहरूमा व्यापक धनजनको क्षति पुर्याएको बताइएको छ। 

राखिन र चिन राज्यका शहरहरूमा थप हताहती र सम्पत्तिको क्षति बारे अध्ययन अनुसन्धान भइरहेको छ।

म्यानमारले सोमबार रखाइन राज्यका १७ वटा टाउनशिपलाई प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र घोषणा गरेको छ। साथै मोखा चक्रवातका कारण  दक्षिणपूर्वी एसियाली देशमा सबैभन्दा ठूलो धनजनको क्षति भएको उल्लेख गरिएको छ। सोमबार दिउँसो म्यानमारको मौसम निकायले जनाएअनुसर अनुसार मोखा चक्रवात चीनमा न्यून चापीय अवसादमा परिणत भएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.