नागरिक उन्मुक्ति पार्टीले फिर्ता लियो नेपाल बन्दको कार्यक्रम

नागरिक उन्मुक्ति पार्टीले फिर्ता लियो नेपाल बन्दको कार्यक्रम
सुन्नुहोस्

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ। पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै जेठ ६ गतेदेखि आह्वान गरिएको नेपाल बन्दको कार्यक्रम स्थगित गरेको जानकारी दिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमै फौजदारी विधेयकमार्फत् राजबन्दीको रिहाइ गर्ने बताएपछि आन्दोलन फिर्ता लिएको प्रवक्ता पण्डितले जानकारी दिएका छन्। नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीलाई सर्वोच्च अदालतले टीकापुर घटनामा जन्मकैद फैसलालाई सदर गरेपछि पार्टीले नेपाल बन्दको आह्वान गरेको थियो।

'सरकार पक्षबाट सम्मानीय प्रधानमन्त्रीले सदनमै लाल आयोग प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसदमा टेबुल भइसकेकोलगायत अन्य राजबन्दीको रिहाइ कानुन संशोधन गरेर भए पनि निकाल्ने प्रतिबद्धता जाहेर गर्नुभएको हुँदा सरकार पक्षसँग भएको सम्झौता सकारात्मक भएको महसुस नागरिक उन्मुक्ति पार्टीलाई भएकोले प्रेस विज्ञप्तिमा आहवान गरिएको 'नेपाल बन्द' कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरिएको छ,' विज्ञप्तिमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.