बुटवलमा लागूऔषधसहित दुई जना पक्राउ

बुटवलमा लागूऔषधसहित दुई जना पक्राउ
सुन्नुहोस्

बुटवल : लागूऔषधको कारोबार गर्ने दुई जनालाई बुटवलमा प्रहरीले पक्राउ गरेको छ। 

लुकिछिपी लागूऔषध (ब्राउन सुगर) को कारोबार गर्ने बुटवल उपमहारनगरपालिका-१९ पत्थरगंज मिलनटोलमा बस्दै आएकी स्याङजाकी ४१ वर्षीय माया गुरुङ र बुटवल ११ मा बस्दै आएका ४० वर्षीय नारायणप्रसाद सिंजापतीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो। 

नयाँ बसपार्कमा शंकास्पद अवस्थामा हिडेका सिंजापतीको शरीर खानतलासी गर्दा लागूऔषध फेला परेको र अनुसन्धान गर्दा गुरुङले कोठाभाडा लिएर बस्दै आएको ठाउँबाट लागूऔषध भेटिएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए। प्रहरी निरीक्षक पौडेलको नेतृत्वमा खटेको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो। 

उनीहरूबाट १२ ग्राम ३ सय ७० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ र ‘स्पाशमोइक’ लेखिएको ३३ वटा क्याप्सुल बरामद गरिएको छ। 

प्रहरी नियन्त्रणमा आएका दुवै जनालाई लागूऔषध कारोबारमा मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए। पछिल्लो बुटवलमा प्रहरीले लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू दिनानुदिन नियन्त्रणमा लिइरहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.