ओलीको प्रश्न : यो गठबन्धन देश र जनताका लागि कि दु:ख दिन ?

ओलीको प्रश्न : यो गठबन्धन देश र जनताका लागि कि दु:ख दिन ?
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र ध्वस्त बनाउनका लागि गठबन्धन बन्नुपरेको थियो भन्दै प्रश्न गरेका छन्। आइतबार संसदमा बोल्दै ओलीले गठबन्धन दु:खको कारण भएको बताएका छन् । उनले प्रश्न गर्दै भने, ‘यो गठबन्धन देश र जनताका लागि बनाएको कि देश र जनतालाई कष्ट दिन ?’

ओलीले सरकारको अनिवार्य दायित्वको खर्चसम्म गर्न नसक्ने अवस्थामा पुगेको धारणा राखे। उनले अर्थतन्त्रका सबै सूचक ध्वस्त भइसक्दा पनि सरकार रमिते बनेको आरोप लगाए।

पूर्वप्रधानमन्त्री ओलीले भने, ‘संकट आउँदा पनि सरकार मौन छ। रोम जलिरहेको छ, निरो बाँसुरी बजाएर बसिरहेको छ।’

ओलीले प्रचण्डको नेतृत्वको सरकार पूरै असफल भइसकेको बताए। ओलीले अहिलेको नीति तथा कार्यक्रमले राष्ट्र र जनताका समस्यालाई सम्बोधन गर्न नसक्ने टिप्पणी गरे। 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.