प्रधानमन्त्री बनेको दुई महिना नपुग्नै प्रचण्ड सरकारको मुटुको प्रत्यारोपणतिर लाग्नु भयो : केपी ओली

प्रधानमन्त्री बनेको दुई महिना नपुग्नै प्रचण्ड सरकारको मुटुको प्रत्यारोपणतिर लाग्नु भयो : केपी ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको पहलमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्वाधिनताको पक्षमा काम नगर्दा मुलुक अधोगतितिर लागेको आरोप लगाएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री बनेको दुई महिना नपुग्दै प्रचण्ड सरकारको मुटु प्रत्यारोपणतिर लागेको भन्दै टिप्पणी गरे।

उनले भने,' एमालेको पहलमा प्रधानमन्त्री बनेका प्रचण्ड दुई महिना पुग्नै लाग्दा सरकारको मुटु प्रत्यारोपण गर्नतिर लाग्नुभयो । प्रत्यारोपण भइसकेको भएपनि नेतृत्व उहाँकै भएकाले नीति तथा कार्यक्रमको समर्थनको विशाल हृदयका साथ नीति तथा कार्यक्रम नामक दस्तावेज सुनेँ । त्यसपछि पढेँ। नीति तथा कार्यक्रमको आधारस्तम्भ पहिल्याउने काम गरेँ। यो कार्यक्रम के लागि ल्याइएको रहेछ भनेर त्यसका लागि पढेँ। खोजि गरेँ। कार्यान्वयनको मोडालिटी र ढाँचा  कसरी तय भएको रहेछ। अध्ययन गरेने कोशीस गरे।' 

उनले नीति तथा कार्यक्रम बेकारको पुलिन्दा भएको बताए। उनले देशलाई निर्देशित गर्न नसक्ने दावी गरे। 

अध्यक्ष ओलीले आम जनताले, सिंगो राष्ट्रले तत्कालीनरुपमा नीति तथा कार्यक्रमको दस्तावेजका आधारमा सरकारलाई हेर्ने बताए। उनले सरकारको विश्वास जनआकांक्षको सम्बोधनको ग्यारेन्टी र सरकारको गन्तव्य तथा यसको मार्गचित्र नीति तथा कार्यक्रमले निर्धाण गर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.