स्याङ्जामा 'क' वर्गको एम्बुलेन्स नहुँदा समस्या

स्याङ्जा : स्याङ्जामा 'क' वर्गको एम्बुलेन्स नहुँदा समस्या हुने गरेको छ। जिल्लामा 'ख' वर्गको एउटा मात्र एम्बुलेन्स भएको र 'क' वर्गको नभएको स्वास्थ्य कार्यालयले जनाएको छ।
जिल्लामा ‘ग’ वर्गको एम्बुलेन्स भने २४ वटा छन्। जसमा २२ वटा सञ्चालनमा छन्। पुलतीबजार नगरपालिका-१४ ले यसै वर्षदेखि ‘ख’ वर्गको एम्बुलेन्स सञ्चालनमा ल्याएको हो।
सतौ पोखरा सम्पर्क समाज र लायन्स क्लबको सहयोगमा रकम संकलन गरी समुदायका लागि खरिद गरिएको सो एम्बुलेन्समा इसीजी, वीपी मोनिटर र अक्सिजन सहितको व्यवस्था रहेको स्वास्थ्य चौकी प्रमुख विष्णु काफलेले जानकारी दिए।
बिरामी वा घाइतेलाई अस्पताल पुर्याउनुअघि आकस्मिक स्वास्थ्य सेवा सहितको चिकित्सकीय सेवा उपलब्ध गराउँदै सम्बन्धित अस्पतालसम्म पुर्याउनेगरी ’क’, ’ख’ वर्गका एम्बुलेन्स सञ्चालन गर्नुपर्ने निर्देशिकामा उल्लेख छ। तर यो कार्यान्वयनमा आउन सकेको छैन।
प्रतिक्रिया दिनुहोस !
