थाइल्याण्डमा विद्यालयको छाना खस्दा ७ जनाको मृत्यु, २३ जना घाइते

थाइल्याण्डमा विद्यालयको छाना खस्दा ७ जनाको मृत्यु, २३ जना घाइते
सुन्नुहोस्

बैंकक : उत्तरी थाइल्याण्डमा विद्यालयको खेलकुद भवनको छाना भत्किँदा सात जनाको मृत्यु हुनाका साथै अन्य २३ जना घाइते भएका छन्। थाई सरकारका प्रवक्ताले मंगलबार विज्ञप्तिमार्फत् सो घटनाको जानकारी दिएका हुन्।

दुर्घटना बेलुका करिब ७ बजे भएको थियो। स्थानीय समयअनुसार सोमबार फिचित प्रान्तको एक प्राथमिक विद्यालयको खेलकुद  भवनको छाना भारी वर्षाका कारण भत्किएको विपद् रोकथाम तथा न्यूनीकरण विभागले जनाएको छ।

प्रधानमन्त्री प्रयुत चान-ओ-चाले दुर्घटनामा परी ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्दै बेपत्ताको खोजी कार्यलाई प्राथमिकतामा राख्न, क्षतिको विवरण संकलन गर्न र पीडितलाई तत्काल राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिए।

 
स्थानीय  सञ्चार माध्यमहरूले आँधीले भवनको धातुको छानामा क्षति पुर्‍याउँदा सम्पूर्ण संरचना भत्किएको उल्लेख गरेका छन्। छानो खसेपछि विद्यार्थी, अभिभावक र विद्यालयका कर्मचारीहरू भग्नावशेषमा फसेका थिए।

फिचिटका गभर्नर पायोन असवापिचायोनले मंगलबार प्रभावित स्थलको भ्रमण गरे। त्यहाँ कम्तीमा १०० स्थानीय घरपरिवारले आँधीका कारण भएको क्षति र थप मूल्यांकन भइरहेको जानकारी उपलब्ध गराएका छन्। विद्यालय र अन्य प्रभावित क्षेत्रलाई सार्वजनिक प्रकोपग्रस्त क्षेत्र घोषणा गरिएको छ। सोमबारदेखि वर्षायाम सुरु भएसँगै थाइल्यान्डको मौसम विभागले देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.