भन्सार मुआब्जापीडितका लागि १० करोड रकम निकासा

भन्सार मुआब्जापीडितका लागि १० करोड रकम निकासा
सुन्नुहोस्

झापा : सरकारले भद्रपुर भन्सार कार्यालयले अधिग्रहण गर्न लागेको जग्गाको क्षतिपूर्ति बापतको पहिलो चरणको १० करोड रुपैयाँ मुआब्जा पठाएको छ। सरकारले ६० करोड १३ लाख ८२ हजार रुपैयाँ वितरण गर्नुपर्ने मुआब्जा रकममध्ये १० करोड  रुपैयाँ रकम भन्सारको खातामा पठाएको भन्सार प्रमुख अमित तिवारीले जानकारी दिए। 

‘भन्सारको खातामा रकम निकासा भएको हो, अब छिट्टै सीडीओ साबको नेतृत्वमा सर्वपक्षीय बैठक बसेर रकम वितरण प्रक्रियालाई अघि बढाउँछौँ,’ भन्सार प्रमुख तिवारीले भने, ‘१० करोड मात्र रकम आएकाले डुबान क्षेत्रमा बसोबास गर्ने, घर टहरा भएका परिवारलाई पहिलो प्राथमिकतामा राखेर रकम वितरण गर्नुपर्छ।’ पुग्ने जति परिवारलाई १० करोड रुपैयाँ बाँडेपछि बाँकीलाई क्रमशः वितरण गर्दै लैजाने भन्सारको योजना छ। 

भन्सार विभागले बाँकी ५० करोड रुपैयाँँ रकम आफ्नो बजेटमा राखिसकेको छ। बजेट भाषणपछि सो रकम विनियोजन हुन्छ। त्यसपछि साउनमा मुआब्जाको थप रकम आएपछि अन्य जग्गाधनीलाई पनि वितरण गर्ने उनको भनाइ छ। 

जग्गा अधिग्रहण मूल्यांकन उपसमितिले स्थानीयको करिब ९ विगाहा जग्गा अधिग्रहण गर्ने निर्णय गर्दै १ सय ४ जनाको घर टहरासहितको जग्गा २०७७ साल साउन २७ गते सूचना प्रकाशन गर्दै भूमिसुधार तथा मालपोत कार्यालयमा रोक्का राखेको थियो। 

अधिग्रहण गर्न लागेको स्थानीयको नम्बरी जग्गा मालपोतमा रोक्का राख्दासमेत भन्सारले समयमा क्षतिपूर्ति बापतको मुआब्जा रकम वितरण नगरेको भन्दै पीडितले कैयौँ पटक भन्सार कार्यालय घेराउदेखि धर्ना, तालाबन्दी गर्दै सडकसमेत आन्दोलनसमेत गरेका थिए।

सरकारले ६० करोड १३ लाख ८२ हजार वितरण गर्नुपर्ने मुआब्जामध्ये १० करोड भन्सारको खातामा पठाएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.