दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम २ अर्ब ६३ करोडमाथि

काठमाडौं : सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १७.३८ अंकले घटेर १९४१.७४ विन्दुमा पुगेको छ।
सेन्सेटिभ इण्डेक्स १.९० अंकले बढेर ३६९.४२ विन्दुमा पुगेको छ। आज २६८ कम्पनीको ७० लाख ४९ हजार ६९९ कित्ता सेयर २ अर्ब ६३ करोड ९५ लाख ९ हजार ६९७ रुपैयाँमा खरिदबिक्री भयो। ४७ हजार ६६१ पटक सेयर कारोबार भयो।
आज एउटा मात्रै कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो।
यस्तै युनिलिभर नेपालको सेयर मूल्य ७ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो।
सो कम्पनीको २१ करोड ७९ लाख मूल्य बराबरको सेयर कारोबार भयो। नेपाल दूरसञ्चार कम्पनीको ९ करोड १३ लाख र सोल्टी होटलको ८ करोड ८६ लाख मूल्य बराबरको सेयर कारोबार भयो।
यसदिन कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को घट्यो भने २ को मात्रै बढ्यो। ११ उपसमूहको सूचक घट्दा मनु एन्ड प्रो र म्युचुअल फण्डको सेयर मूल्य बढेको हो।
प्रतिक्रिया दिनुहोस !
