पाँचथरको एक घरमा आगलागी, १ करोड ५० लाखको क्षति
![पाँचथरको एक घरमा आगलागी, १ करोड ५० लाखको क्षति](https://annapurnapost.prixacdn.net/media/albums/fire_TpllIY82V5_KQq16hM3QY.gif)
फिदिम : पाँचथरको फाल्गुनन्द गाउँपालिका ५ भञ्ज्याङका पञ्चबहादुर चेम्जोङको घरमा आगलागी हुँदा १ करोड ५० लाख बराबरको क्षति भएको छ ।
भान्छा घरबाट सुरु भएको आगलागीले नजिकै रहेको चेम्जोङको तीन तले घर जलेर खरानी भएको थियो । आगलागीबाट घरमा भएको ७ तोला सुन, ३० तोला चाँदी, पाँच लाख नगद, पार्किङ गरी राखेका तीन वटा मोटरबाईक, एउटा स्कुटर र किराना पसल समेत जलेर खरानी भएको हो ।
प्रहरीका अनुसार पार्किङ गरेर राखिएको वा ७८ प ११३७, वा ५३ प ४०३८ र नम्बर नखुलेको गरी तीन वटा मोटरबाईक जलेका हुन् । त्यस्तै गरी मे ७ प १६८४ नम्बरको स्कुटर समेत जलेको हो । आगलागीले चेम्जोङको दुई घरमा रहेका सबै सामग्रीहरु जलेका छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)