बजेटमा समेटिएन मुगुका कार्यक्रम
मुगु: आर्थिक वर्ष २०८०/८१ का लागि अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमा जिल्लाको कुनै क्षेत्र नसमेटिएपछि राजनीतिक दलका प्रतिनिधि लगायत सर्वसाधारण आक्रोशित बनेका छन्।
विकास निर्माण तथा पर्यटन प्रवर्द्धनमा ठूलो सम्भावना भएको जिल्लाका लागि कुनैपनि कार्यक्रम नसमेटिएपछि संघीय सरकारप्रति उनीहरू आक्रोशित भएका हुन्।
बजेटमा जिल्लाको विकास तथा कार्यक्रम बारे कुनै पनि क्षेत्र नसमेटिएको देखिएपछि मुगुलाई संघीय सरकारले हेर्ने दृष्टिप्रति राजनीतिक दल, सर्वसाधारण तथा व्यवसायीले शंका गरेका छन्।
मुगुको विकास निर्माण तथा पर्यटनको ठूलो सम्भावना भएको जिल्ला भएपनि यो बजेटमा शून्य हुनु सत्ता, शक्तिमा दुरुपयोग भएको नागरिक समाजका अध्यक्ष रुपबहादुर मल्लले बताए।
१७ वर्षअघि निर्माण सुरु भएको गमगढीन-नाक्चेलाग्ना सडक बजेट अभावमा अझै पूरा हुन् सकेको छैन। यस पटक यस सडकका लागि पनि बजेट विनियोजन भएन।
संघीय सरकारले यहाँको सडक तथा पर्यटन क्षेत्र नमेट्दा पर्यटन क्षेत्र समेत ओझेलमा पर्ने निवर्तमान कर्णाली प्रदेशका सांसद दानसिंग परिवार बताए।