पाँच देशका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन्।
राष्ट्रपति पौडेलले बुधबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम पाँच देशमा आवासीय नेपाली राजदूत नियुक्त गरेका हुन्।
पौडेलले कैलाशराज पोखरेललाई फिजी, निर्मलराज काफ्लेलाई अर्जेन्टीना, प्रा.डा.राम स्वार्थ रायलाई नर्वे, मिलनराज तुलाधरलाई बेलारुस र तापस अधिकारीलाई टर्किको गैर आवासिय राजदुतमा नियुक्त गरेका हुन्।
पोखरेल अष्ट्रेलिया, काफ्ले ब्राजील, राय डेनमार्क, तुलाधर रुसी महासंघ र अधिकारी पाकिस्तानका आवासिय राजदूतका रूपमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस !
