बागमती राष्ट्रिय रग्वी सेभेन्स प्रतियोगिता जेठ २० र २१ मा

बागमती राष्ट्रिय रग्वी सेभेन्स प्रतियोगिता जेठ २० र २१ मा
सुन्नुहोस्

काठमाडौं : बागमती राष्ट्रिय रग्वी सेभेन्स प्रतियोगिता– २०८० जेठ २० गतेदेखि सुरु हुने भएको छ। 

बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना र नेपाल रग्वी संघको व्यवस्थापनका हुन लागेको प्रतियोगिता जेठ २१ गतेसम्म चल्नेछ।

भक्तपुरको मध्यपुर ठिमीस्थित मध्यपुर युवा क्लबको खेलमैदानमा हुने प्रतियोगितामा महिला र पुरुषतर्फ समान सात गरी कुल १४ टिमले सहभागिता जनाउनेछन्।

प्रतियोगितामा सात प्रदेशमध्ये पाँच प्रदेश र तीन विभागीय टिमको सहभागिता रहने आयोजकले जानकारी दिए। तर, प्रतियोगितामा लुम्बिनी प्रदेशले पुरुषमा र नेपाल पुलिस क्लबले महिलामा टिम पठाएको छैन।

यो प्रतियोगिता कतारमा हुने एसिया रग्वी सेभेन्स महिला तथा पुरुष प्रतियोगिता र चीनमा हुने एसियन गेम्सका लागि राष्ट्रिय टिमको छनोटका रूपमा रहेको संघले जनाएको छ। 

प्रतियोगिताको महिला–पुरुष दुवैतर्फको विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्  उपविजेतालाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.