सीमा समस्याबारे भारतीय प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले हामी उत्साहित छौं : प्रधानमन्त्री

सीमा समस्याबारे भारतीय प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले हामी उत्साहित छौं : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमा समस्याबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिले उत्साहित भएको बताएका छन्।

 
चार दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीसँग नेपाल-भारतबीचको सीमा समस्या समाधान हुने कुरा विश्वस्त रहेको बताए। 

'नेपाल र भारतबीचको सीमा समस्याबारे हामी सबैको चिन्ताको विषय हो। यसबारे मैले प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलेर कुरा राखेको हुँ। यदि सीमा समस्या समाधान नभए ठीक हुँदैन भनेपछि उहाँले कसरी हुन्छ समाधान गरौं भन्नुभयो। उहाँले संयुक्त पत्रकार सम्मेलनमै सीमा समस्याबारे अभिव्यक्ति दिनुभएको छ। सीमा समस्या समाधान हुने कुरामा विश्वस्त छु,' उनले भने।

उनले नेपाल र भारतबीच पुरानो र घनिष्ट सम्बन्ध रहेको भन्दै त्यहाँका राष्ट्रपति र उपराष्ट्रपतिसँग द्विपक्षीय हितका विषयमा छलफल भएको बताए। 

उनले भ्रमणका दौरान विद्युतीय क्षेत्रमा दीर्घकालीन सम्झौता भएको र त्यसले विद्युतीय क्षेत्रमा नयाँ आयाम थपिएको बताए। 

उनले एयर रुटका विषयमा पनि छलफल भएको बताए। उनले एउटामात्र होइन, भारतबाट कम्तिमा तीन एयर रुटका विषयमा छलफल भएको बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.