ओलम्पियनलाई पोखरामा सम्मान

पोखरा : नेपालको प्रतिनिधित्व गर्दै विभिन्न समयमा विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा सहभागी खेलाडीहरूलाई शनिबार पोखरामा सम्मान गरिएको छ।
पोखरा महानगरपालिका खेलकुद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको व्यवस्थापनमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ओलम्पियनहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो।
नेपालले ओलम्पियकमा सहभागिता जनाएको ५६ वर्ष पुगेको छ। यहस् अवसरमा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न समयमा विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा सहभागी खेलाडीहरू पोखरमा भेला भएका हुन्।
सन् १९६४ देखि सन् २०२० सम्म ओलम्पिकमा सहभागी खेलाडीहरूको पोखरामा जमघट भएको हो। नेपाल ओलम्पियन्स संघको आयोजना, पोखरा महानगरपालिका खेलकुद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, कास्कीको समन्वयमा ओलम्पियनको पुनर्मिलत तथा सम्मान कार्यक्रम पोखरामा शनिबार भएको हो।
दोस्रो ओलम्पियन पुर्नमिलन तथा सम्मान समारोहमा उपस्थित ओलम्पियनहरूको स्वागतमा प्रभातफेरि आयोजना गरिएको थियो। फेवाताल किनार हल्लनचाकेदेखि बाराहीघाटसम्म शनिबार प्रभातफेरि पनि भएको थियो।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा पुनर्मिलनमा सहभागी करिब ५० जना ओलम्पियनलाई स्वागत गरेका थिए।
नेपालका खेलाडीहरूले सीमित स्रोत र साधनबीच ६ दर्शकअघि ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेको बताउँदै महानगरपालकाका मेयर आचर्यले खेलाडीको प्रशंसा गरे।
खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले ओलम्पियनहरूको अनुभवबाट नीति नियम बनाउन सहयोगी हुने बताए।
करिब ६ दर्शकको अन्तरालमा नेपालका ९० जना खेलाडी ओलम्पिकमा सहभागी भएका छन्। तीमध्ये १० जनाको निधन भइसकेको र केही खेलाडी विदेशमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस !
