प्रतिपक्षी दलको राष्ट्रियसभामा पनि अवरोध, भोलिसम्मका लागि बैठक स्थगित

काठमाडौं : प्रतिपक्षी दलले राष्ट्रियसभामा पनि अवरोध गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा प्रतिपक्षी दलका सांसदहरूले राष्ट्रियसभामा अवरोध गरेका हुन्।
संसद्लाई छलेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै एमाले राष्ट्रियसभामा अवरोध गरेको हो।
राष्ट्रियसभामा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले नागरिकता विधेयक गैरकानुनी ढंगले अगाडि बढाइएको भन्दै आपत्ती जनाए । आजको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ । अर्को बैठक भोलि सोमबार दिउँसो १ बजेर १ बजेका लागि बोलाइएको छ ।
यसअघि प्रतिनिधिसभा बैठकमा पनि प्रतिपक्षी दल नेकपा एमालेलगायत रास्वपा र राप्रपाले अवरोध गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
