वडाध्यक्ष ५० हजार घुससहित पक्राउ

काठमाडौं : सप्तरीको अअग्नीसाईर कृष्णासवरण गाउँपालिका-५ का वडाध्यक्ष ५० हजार घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीबाट खटिएको टोलीले वडाध्यक्ष सब्दुल मियालाई पक्राउ गरेको हो।
उनले हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको निर्माण सम्पन्न भएको सिफारिस दिने प्रयोजनको लागि ५० हजार घुस लिएको आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
