होस्टलमा विद्यार्थी मृत भेटिएपछि प्रिन्सिपलसहित ३ जना पक्राउ

होस्टलमा विद्यार्थी मृत भेटिएपछि प्रिन्सिपलसहित ३ जना पक्राउ
सुन्नुहोस्

काठमाडौं : काठमाडौंको नयाँबजारस्थित इलिप्स स्कुलका प्रिन्सिपल दीर्घराज दाहालसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सिताराम रिजालका अनुसार उनीहरू विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ। 

गत १७ जेठमा विद्यालयको छात्रावासमा धादिङ घर भएका अभिषेक तामाङ मृत भेटिएका थिए। उनको हत्या गरिएको भन्दै आफन्तले दैनिकजसो प्रदर्शन गरिरहेका छन्। 

स्कुलमा बेन्च भाँचिएको विषयमा विद्यालय प्रशासनले तामाङलाई मरणासन्न हुने गरी कुटपिट गरेको आफन्तको भनाइ छ। ५ कक्षामा पढ्ने बच्चा कराँते खेल्ने वेल्टले घाँटी कसेर झुण्डिएको अवस्थामा भेटिएकाले अभिषेक आफै आत्महत्या गर्न नसक्ने परिवारको दावी छ। 

स्कुल परिसरमा आन्दोलन गर्दै आएका आफन्तले विद्यालयका प्रिन्सिपल दाहाल र होस्टल वार्डेन विरुद्ध प्रहरीमा जाहेरी दर्ता गराएका हुन्। 

जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरिएको प्रवक्ता रिजालले बताए। आरोपीलाई हिरासतमा राखी घटनाको अनुसन्धान गर्नका लागि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट सोमबार म्याद लिएको छ। अभिषेक डबल टेकर बेडमा झुण्डिएको अवस्थामा मृत  भेटिएका थिए।

‘पोस्टमार्टम रिपोर्टले ह्याङ्गिङ भनेको छ। आत्महत्या दुरुत्साहनमा जाहेरी आएको छ, अनुसन्धान भइरहेको छ’ लैनचौर प्रहरीका एक अधिकारीले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.