पाँचखाल औद्योगिक ग्रामलाई 'महिला औद्यौगिक ग्राम' मा रुपान्तरण गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रुपान्तर गर्ने निर्णय गरेको छ।
बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारे जानकारी दिएकी हुन्।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सो औद्योगिक ग्रामलाई महिला उद्दमी विशेष औद्योगिक ग्राममा रुपान्तरण गरिएको हो।
प्रतिक्रिया दिनुहोस !
