बालेनको बेल्जियम भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको बेल्जियम भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत भएको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले मेयर साहको भ्रमण स्वीकृत भएको जानकारी दिइन्।
जेठ २९ देखि ३२ गतेसम्म महानगरपालिकाहरूको विश्व शिखर सम्मेलनमा सहभागी हुन मेयर साह ब्रसेल्स जान लागेका हुन्। बैठकले माथिल्लो मैलङखोला जलविद्युत लिमिटेडलाई आयोजनाको टावर र राइट अफ वे को लागि रसुवा र नुवाकोटमा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिन तथा सो वन क्षेत्रमा रहेका रुखहरु हटाउन स्वीकृति दिने निर्णय गरेको ।
विधेयक समितिबाट पेश भएको विद्युतीय व्यापारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय बैठकले गरेको छ।
प्रतिक्रिया दिनुहोस !
