नेपाली भू-भाग सट्टापट्टाबारे अरुले नै निर्णय गराएका छन्, प्रमाण देखाउन सक्छु : प्रधानमन्त्री

नेपाली भू-भाग सट्टापट्टाबारे अरुले नै निर्णय गराएका छन्, प्रमाण देखाउन सक्छु : प्रधानमन्त्री
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा आफूले कुनै पनि एजेण्डामा सट्टापट्टा नगरेको बताएका छन् । बुधबार राष्ट्रियसभामा बोल्दै प्रधानमन्त्री 'प्रचण्ड'ले कालापानी,लिपुलेक र लिम्पियाधुरालाई जोडेर सट्टापट्टाको कुरा उठेपनि त्यो सत्य नभएको दावी गरे।

नेपाल र भारतबीच राम्रो विश्वासको वातावरण बनाएर मात्र कालापानी,लिपुलेक र लिम्पियाधुराको विवाद हल गर्न सकिने प्रचण्डको भनाइ छ ।

प्रचण्डले भने,‘साथीहरूले सट्टापट्टाको कुरा गर्नुभएको छ । मैले भनेको नै होइन,मैले अहिले प्रमाण ठ्याक्कै देखाउन त सकिन । समय सायद आउँछ,मैले प्रमाण पनि देखाउन सक्छु । अहिले जोजो पार्टी नेताहरुले सट्टापट्टा भन्ने शब्द ल्याउनुएको छ । आफै गर्न हुन थिएन भन्नुभएको छ, उहाँहरुले सट्टापट्टाको कुरा निर्णय गराउनुभएको छ । कुनै दिन समय आउँला ।’

कालापानी,लिपुलेक र लिम्पियाधुरा नेपालको रहेको र यो समस्या छिटो हल गर्नुपर्छ भनेर आफूले विषय उठाएको बताए । नेपालको राष्ट्रिय हितका पक्षमा र नेपाली जनताको बृहत्तर विकास र समृद्धिको निम्ति विवेकले भ्याएको जति काम गरेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.