कोशी प्रदेशका सबै स्वास्थ्य संस्थाको स्तरोन्नति गर्छौं : स्वास्थ्यमन्त्री मेन्याङ्वो

कोशी प्रदेशका सबै स्वास्थ्य संस्थाको स्तरोन्नति गर्छौं : स्वास्थ्यमन्त्री मेन्याङ्वो
सुन्नुहोस्

उदयपुर : कोशी प्रदेशका स्वास्थ्य तथा खानेपानी मन्त्री तिलकुमार मेन्याङ्वो (लिम्बु)ले कोशी प्रदेश भित्रका सबै स्वास्थ्य संस्थालाई स्तरोन्नति गरिने बताएका छन्।

उदयपुरको त्रियुगा नगरपालिका-३ स्थित नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डाको हाताभित्र रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रलाई बिहीबार भेन्टिलेटरसहितका सामग्रीहरू हस्तान्तरण गर्दै मन्त्री मेन्याङ्वोले प्रदेशका सबै अस्पताललाई सुधार र स्तरोन्नति गर्न स्वास्थ्य मन्त्रालय पछि नहट्ने बताए। 

उनले स्थानीयको माग अनुसार उपचार केन्द्रलाई अतिआवश्यक रहेको एक थान एम्बुलेन्स सहयोग उपलब्ध गराउन तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। 

उनले प्रोटेवल भेन्टिलेटरसँगै अक्सिजन सिलिण्डर ५ थान, पल्सअक्समिटर डिजिटल २ थानसमेत उपचार केन्द्रका अध्यक्ष पवित्रा गिरीलाई हस्तान्तरण गरे। 


कोसी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले जनतासँग प्रत्यक्ष जोडिने स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताइन्। सर्पदंश उपचार केन्द्रले प्रवाह गरेको सेवाको प्रशंसा गर्दै उनले आगामी दिनमा थप सेवालाई विस्तार गर्न आग्रह गरिन्। 

२०६८ साल भदौ १७ गतेबाट सञ्चालनमा ल्याइएको उपचार केन्द्रमा हालसम्म कुनै अप्रिय घटना नभएको र उत्कृष्ट सेवा प्रवाह गरेको उपचारमा संलग्न नेपाली सेनाका सहसेनानी डा. मनिष यादवले बताए। 

उनका अनुसार पछिल्लो चार वर्षको अवधिमा क्रमशः २०७६ सालमा दुई सय ९६ जना, २०७७ मा तीन सय ७३ जना, २०७८ मा चार सय २६ र २०७९ मा चार सय २५ जनालाई उपचार पछि घर फर्किएको बताए। 

त्रियुगा नगरपालिकाका मेयर वसन्तकुमार बस्नेतले सर्पदंश उपचार केन्द्रको सुदृढीकरणसँगै उदयपुर जिल्ला अस्पतालमा क्षमता विस्तार गर्नुपर्ने बताए। 

उनले हाल जिल्ला अस्पतालमा छिमेकी जिल्लाहरूबाटसमेत उपचारका लागि बिरामीहरू आउने गरेकोले एक सय शय्यामा स्तरोन्नति गर्न मन्त्रालयबाट पहल गरिनुपर्ने बताए। 

चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले बेल्टार अस्पतालमा दरबन्दी भएर पनि डाक्टर नहुँदा उपचार सेवा प्रभावित बनेकोले तत्काल डाक्टरको प्रबन्ध गरिदिन आग्रह गरे। 

उनले सर्पदंश केन्द्रबाट चौदण्डीगढी नगरबासीले समेत सेवा लिएकाले आगामी दिनमा सहकार्य गर्दै सहयोग गर्ने बताए। स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटा र १८ नं बाहिनीका सहायक वाहिनीपति प्रेम हमालले सर्पबाट जोगिने उपायको खोजी गर्नुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.