पूर्वजनप्रतिनिधिले बुझाए नगरप्रमुखलाई ४५ बुँदे टिप्पणी सहितको सुझाव
![पूर्वजनप्रतिनिधिले बुझाए नगरप्रमुखलाई ४५ बुँदे टिप्पणी सहितको सुझाव](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_8h0srBtLAp_QGyyxlseTW.jpg)
स्याङ्जा : पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीलाई पूर्व जनप्रतिनिधिहरूका तर्फबाट ४५ बुँदे टिप्पणीसहित ६ वटा विषयगत मागसहितका सुझाव दिइएको छ।
पूर्ववडाअध्यक्ष र सदस्यको समूहले नगरप्रमुखको कार्यकक्षमा पुगेर ४५ बुँदामा समेटिएका समीक्षात्मक टिप्पणीसहित ६ वटा विषयगत सुझाव सहितको माग पत्र हस्तान्तरण गरेका हुन्।
विभिन्न ६ वटा विषयगत सुझावमा पनि ८० भन्दा बढी आयोजना तथा योजना समावेश छन्। १४ वटा वडा रहेको यस नगरका पूर्वअध्यक्षसहित पूर्वकार्यपालिका सदस्य र वडा सदस्य सहभागी थिए।
पुतलीबजार नगरपालिका-३ का पूर्ववडाअध्यक्ष अमृतप्रसाद श्रेष्ठले ८ पृष्ठका सो पत्र प्रमुख रेग्मीलाई हस्तान्तरण गरेका हुन्। प्रमुखसँगै उपप्रमुख देवी अर्याल र प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलालाई पनि छुट्टाछुट्टै सोही सुझावपत्र प्रदान गरिएको छ।
सुझाव पत्रमा स्थानीय तहको दोस्रो निर्वाचन २०७९ मा निर्वाचित बहालवाला जनप्रतिनिधिका वर्ष दिन पूरा भइसक्दा पनि खासै उपलब्धीमूलक हुन नसकेको आरोप छ।
नगरको पूर्वजनप्रतिनिधिले सुरुवात गरेका काम कारबाहीलाई वेवास्ता गरेको, कर्मचारीमाथि विभेद गरेको, योजना सञ्चालनमा उपभोक्ता समिति गठन गरी आफूखुसी गर्ने नगरेको, करका दर घटाएर आन्तरिक आय घटाएको, नगर गौरवका योजना समावेश नगरेको, शिक्षा क्षेत्रमा हस्तक्षेप गरेका लगायतका बुँदा समेटिएका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)