बझाङमा यार्सा संलकन गर्न गएका युवाको भीरबाट लडेर मृत्यु
![बझाङमा यार्सा संलकन गर्न गएका युवाको भीरबाट लडेर मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/haleli-bhir_f6WZcZUORP_5ypt8ZKipj.jpg)
बझाङ : बझाङमा यार्सा संलकन गर्न गएका एकजनाको भीरबाट लडेर ज्यान गएको छ । सुर्मा गाउँपालिका वडा नम्बर ५ सैनगाउँ घर भएका अन्दाजी ३५ वर्षीय लडे जेठाराको सुर्मा ४ स्थित हलेली भन्ने स्थानमा बिहीबार बेलुका ६ बजे लडेर ज्यान गएको हो ।
जेठ दोस्रो हप्ता यार्सा संकलनका लागि पार्थी हिमाल चढेका जेठारा बिहीबार घर फर्किरहेका थिए ।
एक्लै घर फर्किरहेका जेठाराको शव बिहीबार राति ८ बजे मात्रै भेटिएको स्थानीय दिपेश दमाईले बताए । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घटनास्थलबाट शव ल्याएर मुचुल्का तयार गरेपछि जेठाराको दाहसंस्कारको तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)