बागमतीमा ६२ अर्ब ७२ करोडको बजेट सार्वजनिक

बागमतीमा ६२ अर्ब ७२ करोडको बजेट सार्वजनिक
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६२ अर्ब ७२ करोड रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। 

आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले शुक्रबार बजेट सार्वजनिक गरेका हुन्। सरकारले चालु आर्थिक वर्षको भन्दा झण्डै ८ अर्ब कम बजेट विनियोजन गरेको हो। 

आगामी आवको बजेटमा चालु खर्चमा २६ अर्ब ६४ करोड, र पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख बजेट विनियोजन गरिएको छ। 

आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन क्षेत्रको विकास, एक घर एक धारा प्रदेशको विभिन्न जिल्लाको विद्यालयमा प्लस टु गर्ने विद्यार्थीहरूलाई एक स्वास्थ्यकर्मीको व्यवस्थापन र प्रदेशमा विश्वविद्यालय स्थापना गर्ने विषयलाई प्राथमिकता दिइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.