२० वर्ष पूरा गरी छोरीको विवाह गर्ने अभिभावकलाई सम्मान

२० वर्ष पूरा गरी छोरीको विवाह गर्ने अभिभावकलाई सम्मान

ढल्केवर : महोत्तरीको मटिहानीमा २० वर्ष पूरा गरी छोरीको विवाह गर्ने अभिभावकलाई सम्मान गरिएको छ। 

आइतबार मटिहानी नगरपालिकाले २० वर्ष पूरा गरी छोरीको विवाह गर्ने अभिभावकलाई एक समारोहका बीच सम्मान गरेको हो।

२० वर्ष उमेर पूरा गरी छोरीलाई विवाह गर्ने ४१ जना अभिभावकलाई सम्मान गरिएको मटिहानी नगरपालिकाको महिला बालबालिका जेष्ठ नागरिक शाखाका प्रमुख दिपा दासले जानकारी दिइन्। 

उनीहरूलाई कार्यक्रममा मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डल र प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेका थिए। 

बालविवाहलाई निरुत्साहित गर्ने उद्देश्यले वडाले सिफारिस गरेका अभिभावकलाई सम्मान गरिएको शाखा प्रमुख दासले बताइन्। उनका अनुसार नगरपालिकाले गरेको एक सर्वेक्षण अनुसार नगरभित्र ३७ प्रतिशत बालविवाह हुने गरेको पाइएको छ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले बालविवाह गर्ने र गराउनेलाई तीनवर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको औल्याए। 
उनले छरछिमेकमा हुने बालविवाहको विषयमा प्रहरीमा जानकारी गराउन आग्रह गरे। ‘बालविवाहको थुप्रै असरहरू छन्। यसले किशोरीको स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ,’ प्रहरी उपरीक्षक प्रकाश मल्लले भने ‘बहुविवाहको मुद्दा बढ्नुमा बालविवाह पनि एउटा प्रमुख कारण हो।’ 

महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले बालविवाह सामाजिक अपराध भएकोले यस्ता कुरीतिलाई अन्त्य गर्नुपर्नेमा जोड दिए। उनले २० वर्ष मुनिका बालबालिकाको हुने विवाह अवैध रहेको उल्लेख गरे।

‘यो असह्य अपराध हो। यस्ता बिहे गर्ने गराउनेदेखि जन्ती र पण्डितसम्मलाई थुनेर कारबाही गर्ने कानुनले व्यवस्था गरेको छ,’ प्रमुख जिल्ला अधिकारी पहाडीले भने ‘यो सम्मानले बालविवाह अन्त्य गर्ने अभियानलाई मद्दत पुग्ने विश्वास छ।’

नगरप्रमुख हरिप्रसाद मण्डलले समाजमा विद्यमान बालविवाहलाई निरुत्साहित गर्न कुनै कसर बाँकी नराखिने उल्लेख गरे। बालविवाहको गम्भीर असर रहेकोले त्यसलाई मनन् गरेर अभिभावकहरूले बालविवाह नगर्ने भनेर संकल्प गर्नुपर्नेमा जोड दिए। 

‘बालविवाहलाई कानुनले त बन्देज गरेकै छ तर यसको असर सबैले बुझ्न आवश्यक छ। छोरीको भविष्य चाहनेले बालविवाह स्वीकार्दैन,’ नगरप्रमुख मण्डलले भने। २० वर्ष पूरा गरी छोरीको विवाह गर्ने अभिभावकको खुलेर प्रशंसा गर्दै उनले भने ‘उहाँहरू बालविवाह विरुद्ध अभियानका योद्धा हुनुहुन्छ।’

कार्यक्रममा मटिहानी नगरपालिका उपप्रमुख मन्जु देवी साह, वडा अध्यक्षहरू रयुफ शेष, कलीम अंसारी, अब्दुल गफार राइन लगायतका वक्ताहरू बालविवाह निरुत्साहित गर्न शसक्त अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.