स्याङ्जामा घट्यो जनसंख्या
![स्याङ्जामा घट्यो जनसंख्या](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_hc4NPntCNV_fxOylRsHe7.jpg)
स्याङ्जा : स्याङ्जामा जनसंख्या घटेको छ।
तथ्यांक कार्यालय स्याङ्जाका प्रमुख शारदा शर्माले जिल्लाको जनसंख्या घटेको जानकारी दिइन्। जिल्लाको जनसंख्या २०६८ को भन्दा १.२८ प्रतिशतले घटेको हो। जिल्लामा जनसंख्या २ लाख ५३ हजार २४ रहेको कार्यालयले जनाएको छ।
कार्यालयले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गर्दै सो कुराको औपचारिक रूपमा जानकारी गराएको हो। कुल जनसंख्या मध्ये १ लाख ३६ हजार ३ सय ४६ महिला र एक लाख १६ हजार ६ सय ७८ पुरुष रहेको उनको भनाइ छ।
१० वर्षअघि २ लाख ८९ हजार १४८ जनसंख्या रहेकोमा अहिले सार्वजनिक गणनामा २ लाख ५३ हजार २४ देखिएको छ। जनगणना २०७८ अनुसार, नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ।
जसमा महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१.०२ प्रतिशत छ। पुरुषको संख्या एक करोड ४२ लाख ५३ हजार ५५१ छ। प्रतिशतमा ४८.९८ छ।
यस्तै, अन्य लिंगीको संख्या दुई हजार ९२८ रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ। यो देशको जनसंख्याको ०.००१ प्रतिशत हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)