बैंकमा पैसा थुप्रिँदा घट्न थाल्यो अन्तरबैंक ब्याजदर

बैंकमा पैसा थुप्रिँदा घट्न थाल्यो अन्तरबैंक ब्याजदर
सुन्नुहोस्

काठमाडौं : लामो समय लगानीयोग्य पुँजी अभावमा बिताएका बैंक तथा वित्तीय संस्थाको प्रणालीमा अधिक पैसा थुप्रिँदा अन्तर बैंक ब्याजदर पनि ह्वात्तै घटेको छ। 

बैंकिङ प्रणालीमा अधिक रकम जम्मा हुन थालेपछि एक बैंकले अर्को बैंकलाई दिने कर्जाको अन्तर बैंक ब्याजदर घटेको हो। यसो हुँदा एक बैंकले अर्को बैंकसँग गर्ने कारोबारको भारीत औसत ब्याजदर घटेर २.६५ प्रतिशत हाराहारीमा छ। 

यसअघि गत बिहीबार यस्तो ब्याजदर ३.१० प्रतिशत थियो। जबकी साताअघिसम्म अन्तरबैंक ब्याजदर ७ प्रतिशतभन्दा माथि थियो। 

बैंकिङ प्रणालीमा निक्षेप संकलन बढिरहेको छ। आर्थिक वर्षको अन्तिम महिना भएकाले राजश्व पनि बढ्छ। रोकिएका सरकारी भुक्तानीहरू पनि असारमसान्तसम्म राफसाफ गरिसक्नु पर्छ। यसले पनि प्रणालीमा रकम बढ्न गएको हो। 

तर यो तुलनामा कर्जा प्रवाह हुन सकेको छैन। पछिल्लो एक महिनामै वाणिज्य बैंकहरूको निक्षेप १० अर्ब रुपैयाँले बढ्यो। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वार्षिक करिब ५ खर्ब रुपैयाँ हाराहारीमा निक्षेप वृद्धि भएको छ।

यसरी एकोहोरो निक्षेप बढिरहने तर कर्जा भने न्यून छ। आर्थिक गतिविधिले गति लिन नसक्दा निजी क्षेत्रले पनि कर्जा लिन सकिरहेको छैन। 

परिणामस्वरुप कर्जाको माग कम हुँदा प्रणालीमा अधिक पैसा थुप्रिएकाले अन्तर बैंक ब्याजदर घट्न गएको बैंकरहरू बताउँछन्। यसो हुँदा यतिबेला बैंकको लगानी योग्य क्षमता (तरलता) खुकुलो भएको छ। जसले गर्दा बैंकहरूको  कर्जा निक्षेप अनुपात (सिडि रेसियो ८३.९७ प्रतिशतमा सीमित छ। 

केन्द्रीय बैंकले वाणिज्य बैंकहरूलाई अधिकतम ९० प्रतिशतसम्मको सीडी रेसियो सीमा कायम गर्न निर्देशन छ। केही महिनाअघिसम्म बेंकहरूको सीडी रेसियो टाइट हुँदा कर्जा दिने क्षमता घटेको थियो। 

यससँगै केन्द्रीय बेंकले बैंकिङ प्रणालीमा पैसा कम हुँदा विभिन्न उपकरणहरूबाट पैसा पठाउँछ तर बढि हुँदा प्रणालीबाट तान्ने गर्छ। 

यसअघिसम्म बैंकमा तरलता कम हुँदा स्थायी तरलता सुविधा (एसएलएफ)बाट प्रणालीमा थुप्रै पैसा दिँदै आएको थियो। तर पछिल्लो समय दिनु परेको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.