पशुपतिनाथ मन्दिर : सुनको जलहरी निकालियो, जोख्ने तयारी गरिँदै

पशुपतिनाथ मन्दिर : सुनको जलहरी निकालियो, जोख्ने तयारी गरिँदै
सुन्नुहोस्

काठमाडौं : पुशपतिनाथ मन्दिरको जलहरी निकालिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोख्नका लागि जलहरी निकालेको हो। उक्त जलहरी पुछपाछ पारेर जोख्ने तयारी भइरहेको अनुसन्धानमा संलग्न अख्तियारको टोलीले जनाएको छ।

सुनको जलहरीमा अनियमितता भएको चौतर्फी आलोचना भएपछि अख्तियार टोली जोख्ने निर्णयमा पुगेको थियो। पशुपतिनाथ मन्दिरमा पित्तलको जलहरी राखेको भन्दै केही समयअघि संसदमै सरकार र प्रतिपक्षबीच चर्काचर्की भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले यसबारे जवाफ दिएपछि मात्रै नेकपा एमालेले संसद सञ्चालनमा सहयोग पुर्‍याएको थियो।

पशुपतिनाथको जलहरीको सुन निकाल्नुअघि क्षमा पूजा गरिएको थियो। शनिबार पशुपतिनाथ परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। पूजाआजाका लागि मन्दिर पुगेका भक्तजनहरूलाई बाहिर निकालिएको छ। पशुपतिनाथका चारै ढोका बन्द गरिएका छन्।

पशुपति विकास कोष, प्रहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायका प्रतिनिधिको रोहवरमा सुन जोख्ने तयारी भइरहेको छ। महालेखाको प्रतिवेदनमा १० किलो ९ सय ७६ ग्रामको रिङ बनाइ जलहरीमा लगाएको उल्लेख भए पनि सो सुन रिङ बनाउन प्रयोग भएको पुष्टि हुन सकेको छैन।

पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन विकास कोषले खरिद गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.