सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

वीरेन्द्रनगर : सुर्खेतको  वीरेन्द्रनगरस्थित घण्टाघर चोकमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । घण्टाघर चोकबाट कपासेतर्फ जाँदै गरेको मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगर–७ बस्ने ५० वर्षीय टिका सुनारको मृत्यु भएको हो ।

कर्णाली प्रदेश ०२ ००१ प ४७६१ नम्बरको मोटरसाइलको ठक्करबाट गम्भीर घाइते सुनारको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मृतक सुनारको शव प्रदेश अस्पतालमा राखिएको छ । 

चालक महावु गाउँपालिका–६ का ३३ वर्षीय तेजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.