राष्ट्रिय धान दिवसमा किसान नगदसहित सम्मानित

राष्ट्रिय धान दिवसमा किसान नगदसहित सम्मानित
राष्ट्रिय धान दिदवसको अवसरमा पर्साको जगरनाथपुर गाउँपालिका ४ हरपुरस्थित खेतमा शुक्रबार आयोजित धान रोपाइँ कार्यक्रममा किसानलाई नगद रकम प्रदान गर्दै पालिका अध्यक्ष श्रीकान्त यादव । तस्बिर : क्रान्ति साह
सुन्नुहोस्

वीरगन्ज : पर्साको जगरनाथपुर गाउँपालिकाले २० औं राष्ट्रिय धान दिवसमा दुईजना किसानलाई नगदसहित सम्मानित गरेको छ ।  राष्ट्रिय धान दिवसको अवसरमा शुक्रबार गाउँपालिकाको कृषि शाखाले आयोजना गरेको धान रोपाइँ कार्यक्रममा गाउँपालिकाले दुईजना किसानलाई जनही नगद ५/५ हजार रुपैयाँ प्रदान गरि सम्मानित गरेको हो । 

जगरनाथपुर गाउँपालिका - ४ हरपुरस्थित स्थानीय किसानको खेतमा आयोजित धान रोपाइँ कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले किसानसँगै धान रोप्दै हरपुरकै एक महिला र एक पुरुष किसानलाई जनही ५ हजार रुपैयाँ प्रदान गरे । 

खेती गर्ने किसानको आत्मबल बढाइ प्रोत्साहित गर्ने उद्देश्यले किसानलाई नगद रकम प्रदान गरि सम्मानित गरिएको अध्यक्ष यादवले बताए । कार्यक्रममा बोल्दै उनले कृषि प्रधान मुलुकमा बर्सेनि ३० अर्ब बढि मुल्यको चामल मात्रै आयात गर्नुपर्ने अवस्था अत्यन्तै दुर्भाग्यपूर्ण भएको बताए । 

नेपाललाई कम्तिमा पनि धान र चामलमा आत्मनिर्भर बनाउन सकिए किसानको जीवनस्तर उकासिने भन्दै उनले भने,‘नयाँ बजेटमा हाम्रो पालिकाले कृषिलाई मुख्य प्राथमिकता दिएको छ ,किसानलाई व्यसायिक खेतीका लागि प्रोत्साहित गर्छौं ,मल ,बीउ ,सिंचाइ र उपजको बजार व्यवस्थापनको लागि पालिकाले योजना बनाएर काम गर्छ । 

गाउँपालिका अध्यक्ष यादवकै अध्यक्षतामा भएको धान रोपाइँ कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री , वडा नम्बर ३ का वडाअध्यक्ष सुवाष यादव , वडा नम्बर ४ का वडाअध्यक्ष प्रभु महत्तो नुनिया , कृषि शाखाका प्रमुख शत्रुधन चौरसिया , स्थानीय किसान , गाउँपालिकाका कर्मचारीलगायतको सहभागीता थियो ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.