झापामा मनाइयो धान दिवस

झापामा मनाइयो धान दिवस

झापा : ‘जल वायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ झापामा २० औं राष्ट्रिय धान दिवस हर्षोल्लासका साथ मनाइएको छ। 

यो वर्ष कृषि ज्ञान केन्द्र झापाले धान दिवस नमनाए पनि जिल्लाका १५ वटा स्थानीय तह अन्तर्गतका कृषि विकास शाखाहरू र कृषि सहकारीहरूले छुट्टाछुट्टै रूपमा राष्ट्रिय धान दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएका छन्। 

यसैबीच भद्रपुर नगरपालिकाको कृषि विकास शाखाले भद्रपुर–१ स्थित दशरथपुर चोकमा राष्ट्रिय धान दिवस हर्षोल्लासका साथ मनाएका छन्। 

भद्रपुर १ का वडा अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले संयुक्त रूपमा धान रोपेका थिए। साथै कार्यक्रममा सहभागीहरूले पञ्चे बाजा बजाउँदै नाच्दै समेत धान रोपेका थिए। 

रोपाइँसँगै हिले दौड र हिले रस्सी तानातान कार्यक्रम पनि गरिएको थियो। हिले दौडमा महिलातर्फ मनिका राजवंशी प्रथम, पुरुषतर्फ रितेश भट्टराई प्रथम र हिले रस्सी तानातानमा सहभागी सबै महिलाहरूलाई पुरस्कृत गरिएको कृषि विकास शाखाका प्रमुख नवीन कुँवरले जानकारी दिए। 

कृषि विकास शाखाको सहकार्यमा धान बाली पकेट विकास कार्यक्रम अन्तर्गत नमुना धान पकेट समन्वय सञ्चालन समितिले कार्यक्रम पारेको हो। 

५ वटा कृषक समूहले सो कार्यक्रमका लागि २१ लाख ४१ हजार ८ सय कुल लागत राखेकोमा नगरपालिकाबाट १२ लाख ४ हजार ४ सय र कृषक समूहबाट ९ लाख ३७ हजार ४ सय रूपैयाँ बेहोरिएको समितिका अध्यक्ष तुलसा थापाले जानकारी दिइन्। यता कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार झापामा करिब २० प्रतिशत रोपाइँ भएको जानकारी दिए। 

९८ हजार ७१६ हेक्टर जमिनमध्ये करिब १७ हजार हेक्टर जमिनमा धान रोपाइँ भइसकेको छ। १५ वटा पालिकामध्ये कचनकवल, गौराहद र कमलमा बढी रोपाइँ भएको उनले बताए। झापा अघिल्लो आर्थिक वर्षमा ४ लाख २३ हजार ९६६ मेट्रिक टन धान उत्पादन भएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.