नेपाली युवाद्वारा युरोपको सर्वोच्च शिखर एलब्रसको सफल आरोहण

नेपाली युवाद्वारा युरोपको सर्वोच्च शिखर एलब्रसको सफल आरोहण
सुन्नुहोस्

काठमाडौं : नेपाली युवा प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रस हिमाल सफल आरोहण गरेका छन्। यही जुन २९ तारिखका दिन बिहान ९ बजे उनले रुसमा रहेको उक्त हिमाल आरोहण गरेका हुन्। 

पाण्डेले एलब्रसमा नेपालको राष्ट्रिय झण्डासमेत फहराएका थिए। उक्त  हिमाल पाँच हजार छ सय ४२ मिटर अग्लो छ। उनले सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ जुन २१ मा रुस प्रस्थान गरेका थिए। null

पाण्डेले आरोहण गरेको उक्त हिमाल युरोपको सबैभन्दा अग्लो चुचुरो हो। पाण्डेले अन्नपूर्णसँग भने,‘सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरेँ। अब सात वटा महादेशका अग्ला हिमाल चढ्ने तयारीमा छु। सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट आफूले अभियान सुरु गरेको हुँ। त्यो पूरा गरेँ। अब अर्को हिमाल आरोहणको तयारीमा जुट्छु।’

अब युरोपको सफल आरोहण सम्पन्न भएसँगै अफ्रिकाको अग्लो चुचुरो किलिमाञ्जारो हिमाल आरोहणका लागि त्यसतर्फ प्रस्थान गर्ने उनले बताए। पाण्डेले सन् २०१६ देखि हिमाल चढ्न सुरु गरेका थिए। 

रामेछापको लिखु तामाकोशी निवासी उनले विश्व रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.