चुहिने छानोमुनि स्वास्थ्य सेवा

चुहिने छानोमुनि स्वास्थ्य सेवा
पुर्चौडी–४ स्थित भटना स्वास्थ्य चौकीको खिया लागेको छानासहितको भवन। तस्बिर : कृष्ण बिष्ट।
सुन्नुहोस्

बैतडी : पुर्चौडी गरपालिका–४ स्थित भटना स्वास्थ्य चौकीका इन्चार्ज गणेश धानुकलाई वर्षा सुरु भएपछि चिन्ता हुन्छ। हल्का वर्षा हुँदा पनि छानो चुहिने भएकाले उनलाई औषधी लगायत सुत्केरी वार्ड र बिरामी बस्ने ठाँउमा रहेका सरसमाग्रीहरु छेउछाउ लगाउनुपर्छ।

‘जस्ताले छाएको छानो हो, जस्तामा पुरै खिया लागेर छिद्र देखिएका छन्, समान्य पानीमा पनि चुहिने गरेको छ,’ स्वास्थ्य चौकीका इन्चार्ज गणेश धानुकले भने, ‘औषधी  लगायतका उपकरण र स्वास्थ्य सामाग्रीहरू बचाउनै धौधौ छ, गत वर्ष पानीले भिजेर धेरै औषधी समेत खेर फाल्नुपर्‍यो।’  

वर्षादको समयमा सुत्केरी वार्ड भिजेर सेवा प्रभावित बनेको उनले बताए। वडा कार्यालय र पुर्चौडी नगरपालिकालाई पटकपटक छानो मर्मतको लागि आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको स्वास्थ्य चौकी इन्चार्ज धानुकले बताए। वर्षादको समयमा सेवा प्रभावित बनेको उनले बताए। 

पुर्चौडी–३ मा रहेको न्वादेउ स्वास्थ्य चौकीमा पनि समस्या भनि नसक्नु छ। भवनसमेत साँघुरो रहेको स्वास्थ्य चौकीमा छानो समेत चुहिने भएपछि औषधीसहित स्वास्थ्य सामाग्री बचाउनै धौधौ हुने गरेको स्वास्थ्य चौकीका इन्चार्ज रोहित धानुकले बताए। ‘भवन समेत जीर्ण छ, कोठाभित्र पानी चुहिएर काठको दराज कुहिने अवस्थामा पुगिसक्यो, औषधी बचाउन समस्या छ,’ उनले भने। वर्षादको समयमा ओपीडी सेवा र सुत्केरी सेवा प्रभावित बनेको इन्चार्ज धानुकले बताए।

अत्याधुनिक भवन र आवश्यक उपकरणको प्रयाप्त उपलब्धता भएकै कारण न्यूनतम स्वास्थ्य सेवा मापदण्डमा जिल्ला अस्पताल बैतडी देशभरीमै उत्कृष्ट घोषणा गरिएको हो। तर यही जिल्लमा रहेका स्वास्थ्य चौकी भने आवश्यक पूर्वाधार र स्वास्थ्य उपकरणका अभावमा सेवा प्रवाहमा समस्या भोग्दै आएका छन्। 

स्वास्थ्य चौकीको संरचना मर्मत र नयाँ संरचना निर्माणको ठोस छलफल नभएको र जनप्रतिनिधिहरुले आवश्यकता अनुसारका योजनामा उक्त समस्यालाई पनि छलफलमा ल्याएको अवस्थामा निष्कर्षमा पुगिने पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले बताए। 

स्वास्थ्य चौकीमा जस्तापाताले छाएको छानोमुनि औषधी सुरक्षित नरहने गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्ट बताउँछन्। जस्ता पातामुनि तापक्रम स्थिर रहँदैन, तापक्रम बढेको हुन्छ, त्यस अवस्थामा औषधी समेत सुरक्षित रहँदैन', प्रमुख भट्टले भने। 

सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्थानीय तहले आवश्यक संरचना, जनशक्ति व्यवस्थापन र  उपकरणको व्यवस्थापन गर्नुपर्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.