भारतमा आदिवासी युवकमाथि पिसाब गर्ने भाजपा नेता प्रवेश शुक्ला पक्राउ

भारतमा आदिवासी युवकमाथि पिसाब गर्ने भाजपा नेता प्रवेश शुक्ला पक्राउ
सुन्नुहोस्

नले सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा चुरोट पिउँदै एक व्यक्तिमाथि पिसाब गरेको भन्दै कुब्रीका निवासी प्रवेश शुक्ला विरुद्ध एससी/एसटी ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको लेखेका छन्।

नयाँ दिल्ली : भारतको मध्य प्रदेशको सिधी जिल्लामा एक युवकमाथि अमानवीय व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यसमा एक व्यक्तिले अर्को व्यक्तिको शरीरमा पिसाब गरेको देखिन्छ। यस घटनामा प्रवेश शुक्ला नामका युवक विरुद्ध एससी/एसटी अधिनियम अन्तर्गत मुद्दा दर्ता गरिएको छ र उनलाई मंगलबार राती पक्राउ गरिएको बीबीसी समाचारमा जनाइएको छ।

यो घटना मध्य प्रदेशको सिद्धी जिल्लाको हो। घटना पछि मुद्दा दर्ता भएको बारे सिधि एसपी डा रविन्द्र वर्माको आधिकारिक ट्विटर ह्यान्डलले जानकारी दिएको छ।

उनले सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा चुरोट पिउँदै एक व्यक्तिमाथि पिसाब गरेको भन्दै कुब्रीका निवासी प्रवेश शुक्ला विरुद्ध एससी/एसटी ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको लेखेका छन्।

भिडियो भाइरल भएसँगै सामाजिक सञ्जालमा दोषीमाथि कारबाहीको माग उठ्न थालेको छ । 

मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले उक्त व्यक्तिलाई कारबाही गर्न आदेश दिएका छन् । उनले ट्वीट गरेका छन्, ‘सिद्धी जिल्लाको एउटा भाइरल भिडियो मैले पनि हेरें । दोषीलाई पक्राउ गरी कडा भन्दा कडा कारबाही गर्न र एनएसए पनि लगाउन प्रशासनलाई निर्देशन दिएको छु ।'

आदिवासी युवामाथि पिसाब गर्ने शुक्ला भाजपा नेता भएको जागरणमा उल्लेख गरिएको छ। प्रहरीले मंगलबार राति नै उनलाई कुब्री गाउँको खैरहवाबाट पक्राउ गरेको जनाइएको छ।  
 
यस घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ। 

भाजपा नेता प्रवेश शुक्लाले रक्सीको मातमा सिँढीमा बसेका आदिवासी युवाको शरीरमा पिसाब गरेका भिडियोमा देखिएको छ। सो भिडियो हाल भाइरल भएको छ।   


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.