आज वर्षकै लामो दिन, गर्मी अत्यधिक बढ्ने

आज वर्षकै लामो दिन, गर्मी अत्यधिक बढ्ने
सुन्नुहोस्

जुलाइ ६ मा अर्थात आषाढ २१ गते पृथ्वी सूर्यबाट सबभन्दा टाढा पुग्ने भएकोले यो दिन वर्षकै सबभन्दा लामो  दिन हुने शिक्षा,  वि.पी. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति कीर्तिपुरले जानकारी दिएको हो।

काठमाडौं : आज अर्थात आषाढ २१ गते पृथ्वी सूर्यभन्दा सबभन्दा टाढा जाने भएकोले वर्षभरिकै सबभन्दा लामो दिन हुने छ।

जुलाइ ६ मा अर्थात आषाढ २१ गते पृथ्वी सूर्यबाट सबभन्दा टाढा पुग्ने भएकोले यो दिन वर्षकै सबभन्दा लामो  दिन हुने शिक्षा,  वि.पी. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति कीर्तिपुरले जानकारी दिएको हो।
 

समितिका नि. कार्यकारी निर्देशक डा. सनत कुमार शर्माका अनुसार पृथ्वीको सूर्यको वरीपरी घुम्ने परिभ्रमण पथ अण्डाकार हुन्छ। यसले गर्दा पृथ्वी वर्षमा एक पटक सूर्यको सबभन्दा टाढा पुग्ने गर्दछ। यसलाई (एपहेलियन/सूर्यदुरुस्थ ) भनिन्छ। 

'पृथ्वी र सूर्यको सालाखाला दुरी १५ करोड किलोमिटर रहेको छ र पृथ्वीको अण्डाकार पथले गर्दा दुरीमा परिवर्तन भैरहन्छ। परिणाम स्वरूप पृथ्वी सूर्यको टाढा पुग्दा यसको गति अलि कम हुन जान्छ। जबकी सबभन्दा नजिक पुग्दा गति छिटो हुन्छ। परिणाम स्वरूप यस समयमा दक्षिण ध्रुवभन्दा उत्तरी ध्रुवको दिन केहि लामो हुन जान्छ', शर्माले भने।

 पृथ्वी सूर्यको सबभन्दा टाढाको विन्दु र सबभन्दा नजिकको विन्दुमा पुग्दा केहि लाख किलोमिटरको फरक परेता पनि यसले तापक्रममा त्यति परिवर्तन नल्याउने उनले बताए। 

सूर्यबाट टाढा पुग्दा कसरी गर्मी झन बढ्ने भन्ने कुरामा प्रष्ट पार्दै उनले भने, ' पृथ्वी सूर्यबाट सबभन्दा टाढाको विन्दुमा पुगेको समयमा ( आषाढ/श्रावण) सबभन्दा बढी गर्मी हुने हुँदा आश्चर्य लाग्नु स्वभाविक हो। यसको मूख्य कारण पृथ्वी आफ्नो अक्षमा २३.५ डिग्री झुकेको हुनु हो। जसले गर्दा पृथ्वीमा ऋतुहरू परिर्वतन हुने गर्दछन्। आज पृथ्वी सूर्यबाट टाढा रहेता पनि २३.५ डिग्री सूर्यतिर झुक्ने हुँदा यसले सूर्यको पूर्ण चमक र प्रकाशलाई अत्यधिक ग्रहण गर्न सक्षम हुन जान्छ र उत्तरी ध्रुवमा सबभन्दा बढी गर्मी अनुभूति हुन्छ।'

अहिले पृथ्वीको दक्षिणी ध्रुवमा (जस्तै अष्ट्रेलिया, न्यूजिल्याण्ड आदि) सूर्यबाट टाढा झुकेको हुनाले दिन छोटो, रात लामो हुन्छ र  धेरै चिसो हुने गर्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.