विदेशी कूटनीतिज्ञसँगै तिब्बती शरणार्थीले मनाए दलाई लामाको जन्मदिन
![विदेशी कूटनीतिज्ञसँगै तिब्बती शरणार्थीले मनाए दलाई लामाको जन्मदिन](https://annapurnapost.prixacdn.net/media/albums/ktm-dalai-lama.2_BgqizMCAqP_ufi4GfN3Ge.jpg)
काठमाडौं : विदेशी कूटनीतिज्ञसहित नेपालमा बसोबास गर्दै आएका शरणार्थीले धार्मिक नेता दलाई लामाको ८८ औं जन्मदिन बिहीबार मनाएका छन्। तिब्बतबाट निर्वासित धार्मिक नेता लामा बिहीबारदेखि ८८ वर्ष पुगेको उपलक्ष्यमा काठमाडौंस्थित स्वयम्भुको नाम्गेल स्कूल परिसरमा जन्मोत्सव मनाइएको हो।
विशेष समारोहमा नेपालस्थित अमेरिकी, जापान, फान्स, युरोपियन युनियनलगायतका विदेशी कूटनीतिज्ञ सहभागी भएका छन्। तिब्बती शरणार्थीले तिब्बती परम्पराअनुसार दलाई लामाको तस्बिरमा पूजाअर्चना गरी दीर्घायूको कामना गरेका थिए।
![]() | तिब्बती शरणार्थीले काठमाडौंमा मनाए दलाई लामाको जन्मदिन (फोटो फिचर) |
विश्वभर छरिएका तिब्बतीले जुलाई ६ मा धार्मिक एवम् निर्वासित नेता लामाको जन्मदिन मनाउँदै आएका छन्। उनी १४ औं दलाई लामा हुन्।
तस्बिर : अभिषेक महर्जन
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)