बाजुरामा लम्पी स्किनले ७ हजार गाई गोरु मरे, जोत्न नपाउँदा किसानका खेत बाँझै

बाजुरामा लम्पी स्किनले ७ हजार गाई गोरु मरे, जोत्न नपाउँदा किसानका खेत बाँझै
बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका ६ का वडा अध्यक्ष लम्पी स्किनको उपचार गर्दै। तस्बिर : पदमबहादुर सिंह।
सुन्नुहोस्

बाजुरा : गाई गोरुमा देखिएको लम्पी स्किन भाइरल रोग बाजुरामा जिल्लाब्यापी रुपमा फैलिएको छ। रोग फैलिंदा किसान चिन्तित बनेका छन्। रोगले गोरु मरेपछि बाजुराका किसानले धान रोप्न पाएका छैनन्। धेरैका गोरु मरेपछि किसानका खेत बाँझो रहने अवस्था आएको छ। 

गएको भदौ महिनामा बडिमालिका नगरपालिका १ मा पहिलो पटक रोग देखिएको थियो। अहिले यो रोग जिल्लाभरि फैलिएको छ। बाजुरामा लम्पी स्किन रोगबाट ७ हजार बढी गाई गोरु मरेका छन् भने ३० हजार बढी संक्रमित भएका जिल्ला भेटेनरी अस्पताल बाजुराका प्रमुख पशुपति नाथले बताए। 

'रोग अत्याधिक फैलिरहेको छ। औषधि अभाव छ लम्पी स्किन भाइसरको यो नै औषधि भन्ने छैन। ज्वरो कम गर्ने अनि सामन्य खोप लगाउने गरेका छौं', प्रमुख नाथले बताए।  रोग झिंगाबाट सर्ने भएकाले किसानलाई प्राथामिक उपचारको लागि सल्लाह दिने र पशु स्वास्थ्यकर्मीले पनि प्राथामिक उपचार गरिरहेका उनले बताए। 

खोप महंगो हुन्छ एक डोज खोपको ३ देखि ५ सयसम्म पर्ने उनले बताए। बुढीगंगा नगरपालिकाका गाई गोरुको तथ्याङ्कलाई हेर्दा बुढीगंगा नगरपालिकामा मात्र २५ लाख बराबरको खोप चाहिने र जिल्लाभर त बजेटले नै नभ्याउने अवस्था रहेको नाथले उल्लेख गरे। 'खोप खरिद गर्न बजेट नै छैन। प्राथामिक उपचारको सल्लाह बाहेक किसानलाई अरु केही दिन सकेको छैन', उनले भने।

वडा अध्यक्ष आफैं  उपचारमा खटिए

बुढिगंगा नगरपालिका ६ का वडा अध्यक्ष हेमराज जैशी यतिबेला किसानहरुको घरगोठमामा पुगिरहेका छन्। पशुचौपायामा ‘लम्पी स्किन भाइरल’ रोग फैलिएपछि बुढिगंगा नगरपालिका किसानको घरगोठमा पुगेर निशुल्क उपचार गरिरहेको बुढिगंगा नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष दलबहादुर साउदले बताए।

जैशीले पशु विकास कार्यकर्ता अध्ययन गरेका हुन्। उनले जेटिए पढेको भएकाले आफैँ औषधि खरिद गरेर पशुको उपचारमा कुदिरहेका छन्। सुरुमा आफ्नो वडाबाट उपचार सुरु गरेको जैशी अहिले पालिकाका अन्य वडामा पुगेर पशुको उपचार गरिरहेका छन्।

वडाको उपचारका लागि वडा बाट ५० हजार बराबरको औषधि खरिद गरेर उपचार गरेका थिए। अन्य वडामा भने उनले तालिम गोष्ठि तथा उनले पाउने सुबिधा बापतको रकमको औषधि खरिद गरेर निशुल्क उपचार गरिहेका छन्।  

के हो लम्पी स्किन? उपचार के ? 

यो गाई गोरुलाई हुने एकदमै सङ्क्रामक रोग हो। लामखुट्टे, झिँगा र किर्नाजस्ता किराको टोकाइबाट यो रोग सर्ने गर्छ। सङ्क्रमित गाई गोरुको ओसारपसार, सामुदायिक चरण क्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ।

गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती किरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ। पशुचिकित्सका अनुसार सङ्क्रमित गाईभैँसीको दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र कहिलेकाहीँ मृत्यु पनि हुन सक्ने बताएका छन्।

'खासगरी ज्वरो नियन्त्रण गर्न सकिएन त्यस्तो अवस्थामा सङ्क्रमित गाईबस्तु मर्ने गर्छन्। यो रोग लागेका गाई गोरुको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रा र गोला गाँठा हुन्छन्। त्यस्तै सङ्क्रमित गाईभैँसीको थुतुनो, मुख र नाकमा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कन्छ।

यो रोगको प्रभावकारी उपचार छैन। त्यसैले रोग लाग्न नदिनु नै उत्तम उपाय भएको पशु चिकित्सकहरू बताउँछन्। यो रोग लाग्न नदिन खोप लगाउँदै आइएको छ। तर रोग लाग्न नदिनका लागि भ्याक्सिनेशन हो। सङ्क्रमण भएको बेला खोप लगाउन हुँदैन।

भाइरसको प्रकृतिअनुसार १० देखि १५ दिनमा यो रोग निको हुन्छ। 'एक पटक यो रोग लागेपछि एन्टिबडी बनेका कारण दोहोर्‍याएर नलाग्ने पशु स्वास्थ्यकर्मी बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.