कोशी प्रदेशका सभामुख गठबन्धनको इसारामा चले, सरकार असंवैधानिक :  केपी ओली

कोशी प्रदेशका सभामुख गठबन्धनको इसारामा चले, सरकार असंवैधानिक :  केपी ओली

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कानुन विपरीत कोशी प्रदेशमा सरकार गठन भएको बताएका छन् । स्ववियु काउन्सिल नेपालको १० औं राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमको कीर्तिपुरमा उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले यो सरकारले दम्भको आधारमा अलोकतान्त्रिक र असंवैधानिक कदम चालेको बताए।

अहिलेको सरकार उन्मादको भाषा बोलिरहेको उनको जिकिर छ । ओलीले भने,‘अहिलेको सरकार देशलाई लतारेर गुलामी काम गर्दै आएको छ । सभामुख कुनै दल विशेषको सदस्य हुँदैन । सभामुख भएपछि 
स्वतन्त्र संसद्को सदस्यको हैसियतमा हुन्छ । हिजो गठबन्धनको बैठक बस्यो । कोशी प्रदेशमा सभामुखले गठबन्धनको आदेश पालना गरे । कानुन विपरीत कोशी प्रदेशमा सरकार बन्यो । ’

बहुमत नभएका पार्टीहरुले स्वार्थपूरण काम गरिरहेको उनको आरोप छ। ‘अहिले पनि संघर्षको आवश्यकता छ । संविधान लगातार मिच्ने काम भयो । बहुमत नभएका पार्टीले स्वार्थपूर्ण काम गरेका छन्,'उनले भने,' राष्ट्रका हितलाई काटकुट गरिरहेका छन् । राष्ट्रपतिबाट संविधानविपरीत तथाकथित विधेयक प्रमाणिकरण गर्ने काम भयो ।’ 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.