उत्तरवर्ती उपन्यासका विषयमा बहस

उत्तरवर्ती उपन्यासका विषयमा बहस
सुन्नुहोस्

प्रतिष्ठानका सदस्यसचिव डा.धनप्रसाद सुवेदीले अध्ययनको सजिलोका लागि उत्तरवर्ती चरण भनिए पनि यसका बारेमा थप बहस गर्न सकिने बताए। प्राज्ञ परिषद् सदस्य डा.मधुसूदन गिरीले उपन्यास लेखनको उत्तरवर्ती चरण, प्रवृत्ति, परिघटना र वर्गीकरणका आधारहरू स्पष्ट हुनुपर्नेमा जोड दिए।

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठान र सिर्जनशील लेखन समाजले डा.अम्बिका अर्यालद्वारा लिखित ‘उत्तरवर्ती उपन्यास : प्रवृत्ति र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत तथा विचार गोष्ठीको आयोजना गरेको छ। कार्यक्रमको उद्घाटन प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठले गरेका थिए। 

समालोचक डा.अम्बिका अर्यालले कार्यपत्र प्रस्तुत गर्दै उत्तरवर्ती उपन्यासबाट प्रस्फुटित नारीवादी चेतना, जनजातिमा आएको चेतना, वर्गीय विभेद, जातीय छुवाछूत, सांस्कृतिक विविधता, मधेसी चेतनाको सौन्दर्य, विधाभञ्जन तथा विधामिश्रण, आञ्चलिकता, महामारी र प्रलय, जनजातिको चेतना, सूत्रात्मक, दृष्टिकोण विन्दुको स्थानान्तरण, स्वैरकाल्पनिक,मार्क्सवादी र नवमाक्सवादी चिन्तनका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन्।

प्रतिष्ठानका सदस्यसचिव डा.धनप्रसाद सुवेदीले अध्ययनको सजिलोका लागि उत्तरवर्ती चरण भनिए पनि यसका बारेमा थप बहस गर्न सकिने बताए। प्राज्ञ परिषद् सदस्य डा.मधुसूदन गिरीले उपन्यास लेखनको उत्तरवर्ती चरण, प्रवृत्ति, परिघटना र वर्गीकरणका आधारहरू स्पष्ट हुनुपर्नेमा जोड दिए।

कार्यपत्रमाथि टिप्पणी गर्दै प्राडा मोहनप्रसाद लोहनीले उपन्यासको उत्तरवर्ती क्षेत्र असीमित रहेको बताउँदै नेपाली उपन्यासले समाजका विषयलाई चासो दिए पनि समसामयिकतामा केही उदासीनता देखाएको 

बताए। सिर्जनशील लेखन समाजका अध्यक्ष प्राडा राजनप्रसाद पोखरेलले चरणबद्ध उपन्यासका विविध पक्षलाई केलाउने प्रयास गरेको बताउँदै माक्र्सवादी आन्दोलन र अभियानले सत्ता प्राप्ति गरे पनि आंशिक उपलब्धि मात्र हासिल गरेको बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.