राष्ट्रियसभा बैठक मंगलबारलाई सर्यो
काठमाडौं : राष्ट्रियसभा बैठक सरेको छ। आजका लागि बोलाइएको बैठक भोलिसम्मका लागि सारिएको हो।
सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक विशेष कारणवस मंगलबार बिहान ११ बजेलाई सारिएको संसद सचिवालयले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष नेकपा एमालेले विरोध गरेपछि संघीय संसदका दुवै सदन बस्न सकेका छैनन्।
प्रतिक्रिया दिनुहोस !