नालामाथि बनाइएको हरिखेतान क्याम्पसमा पनि चल्यो वीरगन्ज महानगरको डोजर

नालामाथि बनाइएको हरिखेतान क्याम्पसमा पनि चल्यो वीरगन्ज महानगरको डोजर

वीरगन्ज : वीरगन्ज महानगरपालिकाले शहरको मुख्य नालामाथि नै बनाइएको हरिखेतान बहुमुखी क्याम्पसको भवनसहितको संरचना डोजर लगाएर भत्काएको छ।

सहरको मध्यभाग भएर बग्ने ४० फिटे नाला माथि नै क्याम्पसले निर्माण गरेको भवनसहितको संरचना सोमबार महानगरपालिकाले डोजर लगाएर भत्काएको हो। नाला अतिक्रमण गरी बनाइएको संरचना हटाउन सोमबार दिउँसो मेयर राजेशमान सिंह आफैं डोजर लिएर पुगेका थिए। 

क्याम्पसको संरचना मुख्य नालामाथि निर्माण हुँदा नाला सफाइमा अवरोध भएकाले निर्माण गरिएका भवनसहितका संरचना हटाउन महानगरले डोजर प्रयोग गरेको हो। 

नालामाथि बनेको संरचना आफै हटाउन क्याम्पस प्रमुख भगवान यादव र सञ्चालक समितिका अध्यक्ष सुनील खेतानलाई गत शुक्रबार महानगरपालिकाबाट खटिएको टोलीले निर्देशन दिएको थियो। तर महानगरको निर्देशनलाई अटेर गरिएपछि मेयर सिंह दुईवटा डोजर लिएर आफै पुगेका थिए। 

जिल्ला हुलाक कार्यालयदेखि मुख्य नाला सफाइ गर्दै आएको महानगरपालिकाले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउँदै नाला सफाइलाई निरन्तरता दिँदै आएको छ। क्याम्पस पछाडिसम्मको मुख्य नाला यसअघि नै सफाइ गरिसकेको छ। 

तर मुख्य नाला माथि नै निर्माण गरिएका क्याम्पसको संरचना नहट्दा मुख्य नाला सफाइमा अवरोध भएपछि क्याम्पसको संरचना तत्काल हटाउन महानगरपालिकाले गत शुक्रबार क्याम्पस प्रशासनलाई निर्देशन दिएको थियो। यसअघि मुख्य नालामा पर्ने एक दर्जन संरचना हटाइ सकिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.