भारतीयलाई नेपाली नागरिकता बनाइदिन्छु भन्दै रकम उठाउने भारतीय नागरिक पक्राउ

भारतीयलाई नेपाली नागरिकता बनाइदिन्छु भन्दै रकम उठाउने भारतीय नागरिक पक्राउ
सुन्नुहोस्

झापा : झापामा भारतीयलाई नेपाली नागरिकता बनाइदिन्छु भन्दै रकम उठाउने एक भारतीय नागरिक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा भारतको विहार राज्य दरभंगा जिल्ला अलिनगर ग्राम पञ्चायतका २७ वर्षीय मुकेश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए। 

ठाकुरले दमक नगरपालिका-९ स्थित लक्ष्मी टोलमा डेरा गरी बस्ने तीन जना भारतीयलाई नेपाली नागरिकता बनाइदिने आश्वासन दिएका थिए। ठाकुर पनि त्यही वडामा डेरा गरी बस्दै आएका थिए। त्यसवापत ठाकुरले भारतीय नागरिकहरू खगमाया बास्कोटा, सुमन मुखिया र युवराज मण्डलसँग जनही एक एक लाख रुपैयाँ लिएको प्रहरी अनुसन्धानबाट खुलेको एसपी रेग्मीले बताए। 

ठाकुरलाई नगद रकम बुझाए पनि नागरिकता नपाउने अवस्था नदेखेपछि ठगिएकाहरूले नै प्रहरीमा उजुरी दिएपछि सो घटना बाहिर आएको हो। पक्राउ परेका ठाकुरले उनीहरूबाट उठाएको रकम शैलेन्द्र भुजेललाई बुझाएको प्रहरीलाई बताएको छ। 

भुजेलले २ महिनाभित्र नागरिकता नबनाइदिए चेकबाट भुक्तानी फिर्ता लिनु भनी आफ्नो खाता भएको बैंकको चेकहरू काटी दिएका थिए। तर, उनले पनि नागरिकता नबनाई दिएको र रकम पनि फिर्ता नगरेको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ। 

ठाकुरलाई ठगी मुद्दामा झापा जिल्ला अदालत भद्रपुरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। नेपाल नागरिकता ऐन, २०७९ (पहिलो संशोधन) जारी भएपछि जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता वितरण सुरु भएपछि प्रहरीले यस्तो गिरोह तथा व्यक्तिमाथि निगरानी बढाएको बताइएको छ।  

जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता वितरण सुरु भएपछि जिल्ला प्रशासन कार्यालय झापाले भीड बढेपछि पालिका छनौट गरी टोकन प्रणाली बमोजिम नागरिकता वितरण गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.