बडिगाडमा जेसिबीको ठक्करले बालकको मृत्यु

बागलुङ : बागलुङको बडिगाड गाउँपालिका–७ मा जेसिबीको (सडक निर्माण डोजर) ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
बडिगाड–७ स्थित भत्रेनीदेखि सोइरेनीसम्म कच्ची सडक खण्ड खन्ने क्रममा सोमबार दिउँसो जेसिबीले ठक्कर दिँदा सोही स्थानका भानबहादुर घर्तीका १४ वर्षीय छोरा सुनिल घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक) मदन केसीले जानकारी दिए ।
उनले जेसिबीको ठक्करले घर्तीको घटनास्थलमै मृत्यु भएको बताए ।
मृतक बालकको शव पोष्टमार्टमको लागि बुर्तिबाङ अस्पतालमा लगिएको र ठक्कर दिने लु १ क ४३८६ नम्बरको जेसिबी र चालक २१ वर्षीय प्रकाश नेपाली प्रहरीको नियन्त्रणमा रहेको प्रनाउ केसीले बताए ।
प्रतिक्रिया दिनुहोस !
