समन्वयबाट सम्भव छ डेंगु नियन्त्रण

इजलास

समन्वयबाट सम्भव छ डेंगु नियन्त्रण
सुन्नुहोस्

डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक संक्रामक रोग हो। डेंगु भाइरसद्वारा संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्छ। गत वर्ष पनि साउन–भदौमा डेंगुका बिरामी बढेका थिए। हामी यही कारणले पनि यस वर्ष रोग नियन्त्रण र रोकथाममा बढी चिन्तित छौं। अबका दुई महिना निकै डरमर्दो समय भएकाले यसमा सबै निकाय सचेत हुनु आवश्यक छ। 

महामारीकै रूप भने लिइसकेको छैन। यस वर्ष १४ सयजति डेंगुका केस पत्ता लागेका छन्। डेंगुको मुख्य लक्षण नै ज्वरो हो। त्यसैले ज्वरो आउनासाथ घरमा नबसी अस्पताल जानुपर्छ। लक्षणका आधारमा यसको परीक्षण गरिन्छ। यस रोगमा उपचार केही छैन। घरमै बसेर आराम गर्नु मुख्य उपचार हो। बिरामीमध्ये करिब एक प्रतिशतमा अलि जटिल प्रकृतिको संक्रमण हुन सक्छ। यस्तो हुँदा बिरामीलाई अस्पतालमै उपचार गर्नुपर्ने हुन्छ। त्यस्ता बिरामीको उपचारमा विशेष ध्यान दिन सबै ठाउँमा निर्देशन पुगिसकेको छ।

मुख्य समस्या भनेको लक्षण नदेखिएसम्म बिरामी अस्पताल आउँदैनन्। तर, लक्षण नहुने बिरामी पनि धेरै हुन्छन्। यही कारणले गर्दा गत वर्ष  ५४ हजार केस रेकर्ड गरिएको थियो। गत वर्षको जस्तो अवस्था नआओस् भनेर सतर्कता अपनाउनुपर्ने हुन्छ। हामी त्यही काममा जुटेका छौं। डेंगु नियन्त्रण र रोकथामका सम्बन्धमा राज्यले केन्द्रीय तहबाट गर्ने काम एउटा होला।

प्रदेशबाट एउटा अनि स्थानीय तहबाट गर्ने काम अर्को होला। सबैले मिलेर कोभिडमा गरेजसरी एकजुट भएर काम गर्दा यसको नियन्त्रण सम्भव छ। यसरी काम गर्न सक्यौं भने डेंगुले महामारीको रूप लिँदैन कि भन्नेमा आशावादी हुन सकिन्छ। काठमाडौं उपत्यकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मी मिलेर छलफल गरेका छौं। त्यसमा स्थानीय तह र हामीले गर्ने कामलाई तदारुकताका साथ बढाउने निर्णय भएको छ। स्थानीय तहले प्रत्येक शुक्रबार कम्तीमा १० मिनेटदेखि आधा घण्टाको समय सरसफाइमा लगाउने सहमति भएको छ। परीक्षण किट सम्बन्धित ठाउँमा पठाइसकिएको छ। 

स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्दा डेंगु नियन्त्रण प्रभावकारी हुने देखिएको छ। यसै कारणले गर्दा गत वर्ष पनि हामी स्थानीय तहसँगै मिलेर डेंगु नियन्त्रणमा लागेका थियौं। यस वर्ष पनि डेंगु नियन्त्रणमा लाग्न आग्रह गरेका छौं। स्वास्थ्य मन्त्रालयमार्फत गर्नुपर्ने काम र पठाउनुपर्ने सूचना सन्देश हामीले सबै ठाउँमा पठाइसकेका छौं।

राज्यको नीतिगत व्यवस्थामा कमीकमजोरी छैन। महामारीका बेला जहिले पनि केन्द्रीय सरकार नै अगाडि बढ्ने हो। केन्द्रीय सरकारले यस विषयमा बनाएका नीति नियमहरू राम्रै छन्। तर, पर्याप्त छैनन् वा परिवर्तन आवश्यक छ भन्ने लागे सबै बसेर छलफल गर्न सक्छौं। सबै मिलेर यसको नियन्त्रणमा लाग्नुपर्छ। 

(पोखरेल, स्वास्थ्य मन्त्रालयका सचिव हुन्।)    


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.