सरकार बिचौलियाले चलायो : सांसद ठाकुर

सरकार बिचौलियाले चलायो : सांसद ठाकुर
सुन्नुहोस्

जनकपुरधाम : मधेस प्रदेशसभाका सदस्य दीपेन्द्र ठाकुरले मधेस प्रदेश सरकार बिचौलियाले चलाएको आरोप लगाएका छन्। उनले मन्त्रालय र मन्त्रीलाई बिचौलियाले चलाएको आरोप लगाएका हुन्। 

संसदको बजेट अधिवेशन अन्तर्गतको छलफलमा बोल्ने क्रममा सांसदको बजेट काटिने तर बिचौलियाको योजना सरकारले योजनामा राख्ने भएपछि मन्त्रीले बिचौलियाको इशारामा सरकार चलेको सहजै अनुमान् लगाउन सकिने बताए। 

उनले भने, 'बिचौलियाको योजना रेड्बुकमा आउनु र सांसदको योजना काटिनु बिचौलियाले मन्त्रालय चलाएको उदाहरण हो। भौतिक पूर्वाधार मन्त्रालयले सेनेटरी प्याड किन्नु र महिला तथा बालबालिका मन्त्रालयले भौतिक निर्माणको काम गर्नु भनेको कुन मन्त्रालयले के काम गर्ने, कस्तो योजना हाल्ने त्यो हामी पनि अनिश्चित छौं। मन्त्रीलाई स्वयम् थाहा छैन मैले कुन मन्त्रालय चलाएको छु, कस्तो योजना सञ्चालन गर्नुपर्छ। मन्त्रालय अनुसारको योजना नै छैन। मन्त्रालय एउटा योजना अर्को छ।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.