देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री

देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री
सुन्नुहोस्

काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेको बताउँदै पुराना गलत राजनीतिक शैली दोहोर्याउने छुट सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नरहेको बताएका छन्।

रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले राजनीति कस्तो हुनुपर्छ भन्ने विषयमा नयाँ बहस (डिस्कोर्स) सुरु भएको उल्लेख गर्दै जनताले विगतमा गलत भनेर आलोचना गरेका अभ्यासलाई निरन्तरता दिन नहुने बताए।

‘देशमा नयाँ राजनीतिक संस्कारको सुरुवात भएको छ। हिजो जुन राजनीतिक शैलीलाई गलत भनेर प्रश्न गर्यौं, त्यही शैलीमा राजनीति गर्ने छुट हामीलाई छैन,’ उनले भने, ‘राजनीति बारेको बुझाइ र संस्कार दुवै बदल्न जरुरी छ। जुन दलहरूको काम गर्ने शैलीको हामीले विरोध गरेका थियौँ, त्यही शैलीलाई हामीले अपनाउनु हुँदैन।’

सञ्चारमन्त्री तिमिल्सिनाले रास्वपाका हरेक सदस्यले आफूलाई नयाँ राजनीतिक संस्कारको संवाहकका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए। पार्टी कुनै व्यक्ति वा समूहको स्वार्थ पूरा गर्ने, बिचौलियातन्त्रलाई संरक्षण गर्ने वा सीमित व्यक्तिको हितका लागि सञ्चालन हुने संस्था बन्न नहुने उनको भनाइ थियो।

उनले प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेले अघि सारेको सुशासन, पारदर्शिता र उत्तरदायित्वको दृष्टिकोणअनुसार सबैले देशका लागि योगदान दिनुपर्ने बताए। ‘कुनै व्यक्ति जिल्ला सभापति वा अरु कुनै पदमा हुनु मात्र ठूलो कुरा होइन, दल र देशका लागि कसले कति योगदान गर्न सक्छ भन्ने कुरा महत्त्वपूर्ण हो,’ उनले भने।

मन्त्री तिमिल्सिनाले वडा, पालिका, जिल्ला र प्रदेश तहका कार्यकर्ताको सक्रिय योगदानबाट मात्रै पार्टी बलियो बन्न सक्ने उल्लेख गर्दै आन्तरिक लोकतन्त्र, सहमति र संगठनात्मक अनुशासनलाई प्राथमिकता दिन आग्रह गरे। सकेसम्म सहमति र सहकार्यको माध्यमबाट चुस्त, दुरुस्त र प्रभावकारी संगठन निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

राजनीति व्यक्तिगत स्वार्थपूर्ति गर्ने वा कसैलाई पदमा पुर्‍याउने माध्यम नभई देशलाई सही दिशा दिने साधन हुनुपर्ने धारणा व्यक्त गर्दै उनले वडातहदेखि नै राजनीतिक संस्कार परिवर्तन गर्न आवश्यक रहेको बताए। त्यस्तै, नागरिक सेवा प्रवाहलाई भ्रष्टाचारमुक्त, पारदर्शी र उत्तरदायी बनाउने दिशामा सरकार केन्द्रित रहेको उनले उल्लेख गरे।

फरक प्रसंगमा सञ्चारमन्त्री तिमिल्सिनाले धादिङसहित विभिन्न जिल्लाका दुर्गम क्षेत्रबाट मोबाइल तथा इन्टरनेट नेटवर्क सेवासम्बन्धी गुनासा धेरै आउने गरेको बताए। दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधार सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले आगामी एक वर्षभित्र नेटवर्क सेवामा उल्लेखनीय सुधार गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए।

‘देशका विभिन्न स्थानमा नेटवर्क समस्या रहेको विषयमा धेरै गुनासा आएका छन्। मोबाइल नेटवर्क सुधारका लागि एक वर्षभित्र महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने गरी काम अघि बढाइएको छ। सेवा विस्तार र गुणस्तर अभिवृद्धिका लागि थप के गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयले निरन्तर काम गरिरहेको छ, ’उनले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.